पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्ने, जिल्लाका ७५ प्रतिशतलाई खानेपानीको पहुँचमा पुर्याइने

  २०७३ फागुन १७ गते १६:२०     विकासन्युज

कालीकोट । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गरेका छन् । खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा यहाँ आइपुगेका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पहुँचमा ल्याइने बताएका छन् ।

खानेपानीका क्षेत्रमा जिल्लामा भएको विगतको समीक्षा, प्रगति र भावी दिनका लागि गर्नुपर्ने रणनीति तयार गर्ने जिल्लामा पहिलो पटक सम्मेलन गर्न लागिएको हो । मन्त्री सिंहले जिल्ला सदरमुकाम मान्ममा बनेको खानेपानी ट्यांकी पनि उद्घाटन गरे । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष चित्र सिंहका अनुसार जिल्लामा खानेपानीका क्षेत्रमा काम गर्ने विभिन्न निकायको पहलमा जिल्लाका ७५ प्रतिशत बासिन्दालाई खानेपानीको पहुँचमा पुर्याइने योजना छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.