लेखा समितिले भन्यो-पाँच बर्षभित्रै फास्ट ट्रयाकमा गाडी गुडाउनु

  २०७३ फागुन १७ गते १६:०९     विकासन्युज

काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले आगामी पाँच बर्षभित्रै काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलर भौतिक पुर्वाधार तथा यातायात सचिव धन बहादुर तामाङलाई बोलाएर समितिले आगामी पाँच बर्षभित्रै फास्ट ट्रयाकमा गाडी गुडाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

समितिले चालु आर्थिक बर्षभित्रै डिपिआरको छिनोफानो गरेर टेण्डर गरिसक्न पनि भनेको छ । आगामी आवदेखि निर्माण आरम्भ गरेर पाँच बर्षभित्र सम्पन्न गर्न भनेको हो । सरकारले फास्ट ट्रयाकको निर्माण इपिसी मोडलमा गर्ने निर्णय गरिसकेको छ । सो मार्गलाई पब्लिक एक्सप्रेस हाइवेका रुपमा निर्माण गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

७६ दशमलब ४ किलोमिटर लामो फास्ट ट्रयाकका लागि सरकारले चालु आवमा १० अर्ब बजेट विनियोजन गरेको छ । ७० किलोमिटरको मुआब्जा समेत वितरण भैसकेको छ । ललितपुर क्षेत्रमा पर्ने ६ दशमलब ४ किलोमिटरको मुआब्जामा स्थानिय बासिन्दा चित्त बुझाएका छैनन् ।

सरकारले भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआरको स्वामित्व ग्रहण गरेर आवश्यक संसोधन सहित निर्माण प्रक्रियाका लागि ग्लोबल टेण्डर आव्हान गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.