सनराइज बैंकको नयाँ शाखा झापाको दमकमा

  २०७३ फागुन १७ गते १४:५८     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा झापा जिल्लाको दमकमा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रूपमा गरेका छन् ।

यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउन सक्षम हुुुुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

हाल सनराइज बैंकले ६८ वटा शाखा र ७३ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ । यो दमक शाखा संगै विराटनगरदेखि पूर्व नेपालको क्षेत्रमा बैंकको १२ वटा शाखाहरुले ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.