सिटी एक्सप्रेसको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ योजनाको बम्पर विजेता घोषित

  २०७३ फागुन १६ गते १४:०५     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले गत दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको प्रबद्र्धनात्मक कार्यक्रम “सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्” योजनाको विजेता घोषणा गरिएको छ ।

महोत्तरीको लक्ष्मिनिया-७ का सनदिलिप महतोले यो उपहार जित्न सफल भएको कम्पनीले जनाएको छ । उनले साउदी अरवस्थित टेलिमनीबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमा गत नोभेम्बर ६ तारिखमा पठाएको ५६ हजार ४९७ रुपियाँ पठाएकोमा सिटी एक्सप्रेसको बम्पर उपहारसमेत जित्न सफल भएका हुन ।

महतोले काठमाडौंमा चार आना घडेरी जित्न सफल भएका हुन । यो प्रवद्र्धन अभियान असोज १५ गतेदेखि पुस १६ गतेसम्म सञ्चालन भएको थियो । सोही योजनाअन्तर्गत १२ हप्तासम्म प्रत्येक हप्ता एकजना विजेतालाई ३२ इन्च एलइडी टेलिभिजन प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.