राजविराज र धरानमा सिद्धार्थ इन्स्योरेन्सका दुई शाखा थपिए

  २०७३ फागुन १५ गते १७:४३     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले राजविराज र धरानमा दुई नयाँ शाखा थपेको छ । दुबै शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए ।


उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै बीमा समितिका अध्यक्ष चापागाईले सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारणमा बीमाको चेतना जगाउने काममा अगाडी बढेकाले भोलिका दिनमा अझै सेवा बिस्तार गर्दै जानेमा आफु विश्वास रहेको बताए । उनले नयाँ शाखा मार्फत कम्पनीले स्थानियलाई बीमाको पहुँच पुर्यान सहयोग पुग्ने बताए ।

उक्त अवसरमा स्थानिय व्याक्तित्वहरुले पनि सिद्धार्थ इन्स्योरेन्सले यस क्षेत्रलाई महत्व दिएकोमा खुशी व्यक्त गरेका थिए । यी दुई शाखा सहित सिद्धार्थ इन्स्योरेन्सको शाखा संख्या ३४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.