१११२३ रुखले रोक्यो पूर्व पश्चिम रेलको काम, एक किलोमिटर रेल बनाउन ४० करोड

  २०७३ फागुन १५ गते १२:०५     विकासन्युज

काठमाडौं । सागरनाथ वन विकास परियोजनाको १११२३ वटा रुख काट्ने अनुमति नपाउँदा पूर्व पश्चिम रेल मार्ग निर्माणको कामले रोकिएको छ । रेल विभागले रुख काट्ने अनुमति मागेको लामो समय वितिसक्दा पनि सरकारले अनुमति दिएको छैन् ।

विभागले रेल मार्गमा पर्ने रुख काटेर सट्टा भर्नमा रुख रोपिदिने प्रतिवद्धता गर्दै ६ करोड बजेट समेत विनियोजन गरिसकेको छ ।‘हामीले रुख काटेर रोप्नका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेका छौं, तर सरकारले रुख काट्ने अनुमति दिएको छैन, जसले पुर्व पश्चिम रेल मार्ग निर्माणको काममा रोकावट आएको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने ।

हाल विभागले बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरट रेल मार्ग निर्माणको काम अघि बढाएको छ । तर वन भएको क्षेत्रमा काम गर्नपाएको छैन् । ‘हामी वन नभएको क्षेत्रमा मात्रै काम गरिरहेका छौं’, उपाध्यायले भने ।
९४५ किलोमिटर लम्बाईको मेची महाकाली रेल मार्ग प्रति घण्टा २०० किलोमिटर स्पिडमा दौडनेछ ।

यसले नेपाललाई ट्रान्स एसियन रेल वे नेटवर्कमा जोड्नेछ । यो रेल मार्ग बनाउन प्रति किलोमिटर ३५ देखि ४० करोड अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.