विश्वकै उत्कृष्ट थान्कामा गाइडले खान्छन ९० प्रतिशतसम्म कमिसन, उत्पादक भन्छन् -व्यवसाय धरापमा पर्याे

  २०७३ फागुन १५ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपालका थान्का व्यवसाय कमिशनले नै धरासायी हुँदै जान थालेको पाइएको छ । -पाइने नेपालमा गाइडले माग्ने अधिक कमिसनको कारण यो व्यवसाय विस्तारै धरासायी हुँदै गएको तथ्य खुलेको छ । कमिसन विना व्यपार नहुने र कमिसन पनि अधिक माग्ने गरिएकोले पनि यो क्षेत्रलाई टिकाउन गाह्रो भएको नेपालका थान्का व्यवासायी बताउँछन ।

थान्का व्यवासयाीले गाइडलाई अत्यधिक मात्रामा कमिसन तिनुपर्ने बाध्यतका कारण थान्का व्यवसायको चाम विस्तारे घट्नै गएको छ भने यो क्षेत्रको प्रवद्र्धन हुन नसक्दे व्यवासायीक भविष्य सकिनेमा व्यवसायी चिन्तित हुन थालेका छन् ।
नेपालमा बिक्री हुने थन्काका ग्राहक ९० प्रतिशत विदेशी पर्यटक हुन । तिनलाई टुर गाइडको माध्यमबाट सामान खरिद गराउँदा गाइडले लिने कमिसन ज्यादा र अस्वस्थ्य प्रतिस्पर्धा भएको काराण थान्का व्यवसाय नै धरासायी हुँदै जान थालेको व्यवसायीले गुनासो छ ।

कुनै पनि व्यवसायमा कमिसन त संसार भरी नै चल्छ तर अधिक हुन थालेपछि भने समस्या भएको थान्का व्यवसायी संघका महासचवि अनिल घिसिङले बताए । उनका अनुसार गाइडले पहिल्यै ४०/ ५० प्रतिशत कमिसन माग गर्छन्, त्यसो हुँदा सामानको मूल्य सोही अनुपातमा बढाएर भन्नुपर्छ । गाइडसँग जाँदा महंगो पर्ने र गाइडले ठगी गर्ने विषय विस्तारै पर्यटकले थाहा पाउन थालेपनि यो पेशाको चाम कम हुन थालेको उल्लेख छ ।

थान्का एउटा कला के हो गाइडले पनि त्यही अनुसार व्रिफिङ गर्दै ल्याउँछन । पहिले विमास्थलदेखि गाइडले डिल गर्दै आउने र सोही अनुसार पर्यटकले पनि खरिद गर्ने गर्थे, कमिसशन पनि पहिल्यै तय गर्नु भन्थे । अहिले पर्यटक न गाइले व्रिफिङ गर्छन त त पर्यटकले भनेजति पैसा नै तिर्छन, घिसिङले भने ।

गाइलडे माग्ने कमिशत उसको मेहनत अनुसार सामान्य भएपनि अधिक माग्न थालेपछि भने यो पेशालाई नै नकारात्मक दिशातर्फ थकेलेको उनको बुझाई छ ।

पर्यटकले व्यक्तिगत रूपमा गएर थान्का किन्नुभन्दा पनि बढि गाइडसँग गएर खरिद गर्छन । टुर गाइडले पर्यटक विमानस्थलमा भित्रिएदेखि नै नेपाल र यहाँका सामग्रीको बारेमा बुझाउने भएकोले पर्यटकले खरिद गरेको सामानमा कमिसन त दिनु पर्छ तर अस्वस्थ प्रतिस्पर्धा र ज्यादाँ माग्ने गरेकोले समस्या परेको नेपाल थान्का व्यवसायी संघको भनाइ छ ।

गाइडले कति कमिसन पाउने र कति दिने भन्नेमा व्यवसायीबीच एकता एवं स्पष्ट व्यवस्था नहुदाँ अप्रत्यक्ष रूपमा ६० प्रतिशतसम्म कमिसन गाईडले माग्ने गरेको लामाले बताए । बीस—पच्चिस देखी पचास प्रतिशतसम्म त गाइडले प्रत्यक्ष रूपमै लिने गरेको पनि लामाको भनाइ छ ।

कुनै पनि काम गरेपछिको कमिसन त संसारमै चल्छ तर व्यवसाय चलाइ बस्नेलाइ भन्दा पनि बढि गाईडलाई दिएर कति समय सम्म चलाउन सकिन्छ र ? संघका महासचिव अनिल घिसिङले भने । कति प्रतिशत कमिसन दिने भन्ने नीति–नियम नभएकोले पनि गाइडले लिने कमिसनमा अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।

नेपालमा गुणस्तरीय पर्यटक नआउनु र आएकाले पनि बार्गेनिङ गरि समान खरिद गरेको अवस्थामा पनि गाइडलाई कमिसन दिनुपर्दा व्यवसायीलाई मर्का पर्ने गरेको पनि उनको भनाइ छ । लाखौंको लगानी गरेर व्यवसाय संचालन गर्नेले भन्दा बढि कसिसन दिनेको व्यवसाय टिकाउ नहुने र त्यसले बजार विगारेकोले कमिसन निश्चित र रिजनेवल बनाई व्यावसायीक सहजता बनाउन संघले पहल गरिरहेको पनि उनले बताए ।

ठमेलमा पर्यटक स्वयम पुग्ने भएकोले अन्यको तुलनमा यहाँ गाइडले धोरै कमिसन मै काम गर्न गर्छन भने बौद्ध, पाटन, भक्तपुरमा बढि कमिसन माग गर्ने गरेको पनि व्यवसायीको भनाई छ । पर्यटक पुगेर कुनै पनि सामान खरिदमा १५ देखि ३० प्रतिशतसम्म र थान्कामा यसको दोव्बरसम्म कमिसन बुझउन परेको ठमेल थान्का हाउसका रामकृष्ण तण्डुकारले बताए ।

पर्यटन व्यवसायलाई मर्यादित बनाउन कमिसन लिनु र दिनु दुबै अवैधानिक भएकोले यस्तो कार्य कुनै पनि गाइडले नगरेको टुरिष्ट गाइड एसोसिएसनको छ । कुनै व्यवसायबाट पनि कमिसन माग्ने नगरेको र टुर्गान संबद्ध गाईडले पनि कमिसन नलिनको दाबी एसोसिएनका पूर्व अध्यक्ष हरेराम बरालको भनाइ छ ।

स्वस्थ प्रतिस्पर्धा गरि काम गर्न सबैले पाउनुपर्ने मान्यतामा आफूमा भएकोले कसैले कमिसन लिने गरेकोे भएपनि त्यसकाे जानकारी आफुसँग नभएको उहाँको भनाई छ । कुनै पनि ट्राभल एजेन्सी मार्फत आउने गाईड घुमाइबापत पारिश्रमीक लिने गरेका कारण कमिसनतिर नलागेको र कसैले लिने–दिने गरेमा कुनै पनि गाइडलाई सामान बिक्री बापतको कमिसन नदिन उनको चुनौति दिए ।

पर्यटकले किन मन पराउँछन थान्का ?
थान्कामा हुने विभिन्न धार्मिक मान्यताले पर्यटकले मन पराउने गरेका छन् । थान्कामा मण्डला हुन्छ । ह्वील अफ लाइफ, लाइफ अफ बुद्ध, गणेशेश्वर लगायतका धार्मिक मान्यतासँग जोडिएको हुन्छ । थान्कालाई शान्तिपूर्वक देवता र क्रोदीपूर्वका देवता गरी दुई समूहमा राखेर बनाइएको हुन्छ ।

शान्तिपूर्वकका देवतामा मन्जुश्री, शाक्यमुनी बुद्धसहितका देशवता हुन्छन भने महांकाल, कालभैरवसहितका देवता क्रोदीपूर्णका रुपमा हुन्छन । यी देवता सबैको आआफ्नो विशेषता हुने र पर्यटकले धार्मिक विश्वासले लिने गरेका छन् । विशेषगरी थान्का धार्मिक मान्यता अनुसार ध्यान गर्दा आवश्यक हुन्छ ।

बनाउनै चारपाँचवर्ष
थान्कालाई दक्ष र नयाँ जनशक्ति कसले बनायो भन्नेमा त्यसको मूल्य निर्धारण हुन्छ । भर्खर बनाउनेले छिटो बनाउँछन । यसलाई सस्तो एक डेड सय डलरमै पनि खरिद गर्न सकिन्छ ।

लामो समय लगाएर बनाएर र बढी मेहनत गरेको थान्काको महत्व पनि बढी हुन्छ । नेपालमै करीब १५ देखि २० हजार थान्का बनाउने जनशक्ति छन् । तर, यसको चाप पहिलेको जस्तो भने छैन, घिसिङले भने ।

उनका अनुसार नेपाल नै थान्काको पहिलो र आकर्षक गन्तव्य हो । नबौ शताव्दीदेखि नेपालमा यसको प्रयोग हुन थालेको हो । पछिल्लो सयम चाइनाले यसको मार्केट बढाउन खोजेपछि स्थापित हुन भने नसकेको उल्लेख छ ।

एउटै मूल्य २५ लाखसम्म
सामान्यताय एकडेढ सय डलरदेखि नै थान्का पाइने भएपनि अर्डरमा आउने र धार्मिक रुची भएका तथा आफूले भनेजस्तै थान्कालको लागि विदेशी २० देखि २५ लाख तिर्नसमेत तयार हुन्छन् ।

विदेशीले थान्का मन पराएपछि भाउको कुनै मतलव नै नराख्ने पनि व्यवासायीको छ । विदेशी पर्यटकले धानेको नेपालको थान्का व्यवसायमा टुर गाईडले माग्ने कमिसनकै कारण थान्काको मूल्य अन्याधिक महङ्गो हुने भएकाे उल्लेख छ । थान्का पसलमा कुनै पनि गाइडसँग गएका पर्यटकले खरिद गर्ने सामानको मूल्य नै चर्काे लगाउनुपर्ने र गाइडले माग्ने कमिसन पनि मनलाग्दी भएका कारण थान्का व्यवसायको संचालन खर्च बढेकाे ठमेलका एक व्यवसायीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.