नेपाली नयाँ वर्षको अवसरमा जापानमा बैशाखी मेला हुँदै, मेला चैत २६ गतेदेखि शुरु

  २०७३ फागुन १३ गते १५:१०     विकासन्युज

काठमाडौ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख (अर्थात् चैत २६ र २७) गते जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा सातौं बैशाखी मेला हुने भएको छ । फुकुओका नेपाल सोसाइटी, पर्यटन पत्रकार संघ (जाट–नेपाल) नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिएको हो । फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप, एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

सन् २०११ देखि हुँदै आएको बैशाखी मेलाबारे जानकारी दिंदै बैशाखी मेला कार्य समिति फुकुओका जापानका संयोजक रामकृष्ण श्रेष्ठले नेपालको पर्यटनको प्रबद्र्धनमा योगदान पुर्याउने र जापानमा रहेका नेपालीहरुलाई एकै ठाउँमा जम्मा गाई भाईचारा अभिवृद्धि गराउने उदेश्यले मेला आयोजना हुँदै आएको जानकारी दिए । जापानको चौथो ठूलो सहरमा आयोजना हुने मेलाले नेपाल र नेपालीका साथै यहाँको संस्कृति, भगवान् गौत्तम बुद्धको जन्मस्थल लगायतलाई चिनाएर नेपालको पर्यटनका साथै अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास लिएको श्रेष्ठले बताए ।

त्यस्तै फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मेलामा करिब चालिस स्टलमार्फत नेपाली कला संस्कृति झल्कने गरी सोहि किसिमका स्टल राखिने र नेपाली खाना लगायत नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली पञ्चेबाजासहित फुकुओका नगर परिक्रमा गरिने जानकारी दिए ।

कार्यक्रममा १० हजार नेपालीहरुको सहभागीता रहने अनुमान गरिएको छ । त्यसभन्दा दोब्बर संख्यामा जापानीजहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो । कार्यक्रममा सहभागी जापानीज नागरिकहरु कोताकु योसीनागा, योसीनागा शानले नेपाल प्रकृतिकरुपमा सुन्दर ,शान्त र यहाँको वातावरण उचित लागेको भन्दै नेपालसँग पर्यटकीय, आर्थिक, सामाजिक विकासमा आफुहरुले सहकार्य गर्न चाहेको र जापान पुगेर नेपालको प्रचार प्रसारमा सहयोग पुर्याउने किसिमको अभियान संचालन गर्ने बताएका थिए ।

कार्यक्रममा पर्यटन पत्रकार संघ (जाट-नेपाल)का अध्यक्ष देवीप्रसाद पन्तले नेपालको पर्यटन प्रबद्र्धनका भूमिका खेल्न आयोजकलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.