अन्नपुर्ण केवलकारमा सनराइज बैंक र वाणिज्य बैंकले लगानी गर्ने

  २०७३ फागुन १२ गते १७:५८     विकासन्युज

काठमाडौं । पोखराको कास्कीमा निमार्ण हुन लागेको अन्नपुर्ण केवलकारमा सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएका छन् । उक्त केवलकार परियोजनामा सनराइज बैंकको अगुवाइमा यी दुई बैंकको संयुक्त सहभागितामा सहवित्तियकरण लगानी व्यवस्था अनुसार लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

कास्कीमा निमार्ण हुन लागेको उक्त केवलकार २.३ किलोमिटर लामो रहेको छ । केवलकार परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना प्रतिष्ठित व्यवसायी कालु गुरुङ् तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेको अन्नपुर्ण केवलकार प्रा. लि.ले निमार्ण गर्न लागेको हो ।

उक्त परियोजनामा ८९ करोड ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । जसमा बैंकहरुले ६६ करोड रुपैयाँ लगानी गर्ने छन् र यस आयोजना सम्पन्न भए पश्चात पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.