‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ चैत २ गतेदेखि ४ गतेसम्म हुने

  २०७३ फागुन ११ गते १६:२१     विकासन्युज

काठमाडौं । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु बीच संतुलन’ को मूल नाराका साथ चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत २ गतेदेखि शुरु हुने भएको छ । काठमाडौंको याक एण्ड यती होटलमा आयोजना हुने उक्त सम्मेलन चैत ४ गते सम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा करिब ७ वटा प्रमुख उद्देश्यहरुलाई अपनाई संचालन गरिने छ । लघुवित्तले सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौति तथा कठिनाईहरुमा नियामक र सेवा प्रदायकको वीचमा प्रभावकारी र अग्रगामी सेवा पुर्याउन साझा बुझाईको विकास तथा समाधान लागि विभिन्न दृष्टिकोण तथा सुझाव दिइने छ । लघुवित्तमा भएका अनुसन्धानलाई आधार बनाएर सरोकारवालाहरु बीच अन्तरकृया तथा सम्वाद गरिने छ ।

सेन्टर फर माइक्रोफाइनान्स नेपाल(सीएमएफ)का अनुसार उक्त सम्मेलनमा मानवीय मूल्य सहित सामाजिक र वित्तीय उद्देश्यहरुमा सन्तुलन ल्याउने बीच छलफल गरिने छ । अन्तराष्ट्रिय क्षेत्रमा लघुवित्तले लिएको बिकासको गति र नेपालको संदर्भमा ती बिषयहरुको सांदर्भिकता वर्णनका साथै लघुवित्तको क्षेत्रमा नियामक निकायबाट घोषित नीति, तथा यसले पारेका प्रभावहरुको समिक्षात्मक मूल्यांकन गरिने छ ।

साथै, लघुवित्तको आगामी लक्ष तथा कार्यक्रमहरुमा आवश्यक परिवर्तनका निम्ति सुझाव प्रतिवद्धताहरुको घोषणा गरिने छ । विद्यमान प्रमुख मुद्दा तथा अवसरहरुलाई सम्वोधन गर्ने गरी जिम्मेवारी र समय सीमा सहितको साझा प्रतिवद्धताको घोषणा र यसको निरन्तर अनुगमन गरिने सीएमएफले जनाएको छ ।

सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक/वित्तिय संस्था तथा वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था, वित्तिय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरु सहित करिव ८०० को सहभागीता हुने अपेक्षा गरिएको छ ।

लघुवित्तको वर्तमान स्थिति, दक्षिण एशियाली मुलुकको परिप्रेक्षमा नेपालको लघुवित्त क्षेत्रको समिक्षा, लघुवित्त संस्थाका चुनौती, लघुवित्त सेवाका क्षेत्रहरुमा आधुनिक प्रविधिको प्रयोग, सेवामा विविधता, उद्यमशिलता विकास, विमाको नविनतम अभ्यास, मूल्य श्रृंखला, वित्तीय साक्षरता, विपन्न वर्गमा लघुवित्तको पहुंच, गरिवी न्यूनीकरण, वित्तीय प्रभाबकारिता, संस्थागत विकास लगायतका महत्वपूर्ण विषयहरुमा कार्यपत्रहरु प्रस्तुत गरिने छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन तथा अनुभवहरु प्रस्तुत गर्ने र सो बारे ब्यापक छलफल गर्नको लागि ८ पूर्ण सत्र र २० विभाजित सत्रहरु संचालन गर्ने योजना बनाइएको छ । यस सम्मेलनले लघुवित्त क्षेत्रका प्रमुख सकारात्मक पक्षहरु र प्रभावकारिता बृद्धिका क्षेत्रहरुको पहिचान गरी मार्गचित्र निर्माण गर्न सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.