२०७३ फागुन १० गते १८:२६ विकासन्युज
काठमाडौ । कोकाकोलाले यस बर्ष भ्यालेन्टाइन्स डेको मौका पारेर आफ्नो कोकाकोला मोमोत्सव अभियान अन्तर्गत जोडीहरूको खास पलहरूमा केहि जादु थप्दै उनीहरूको समयलाई विशेष बनाउने निर्णय गरर्यो । सो अवसरमा कोकाकोलाले नेपालकी चर्चित सेलिब्रिटी प्रियंका कार्कीसँग मिलेर जोडीमध्येका एकको सहयोगमा आफ्नो खास व्यक्तिका लागि एउटा विशेष सरप्राइज दिने अवसर प्रदान गरेको छ ।
नेपालमा टेस्ट द फिलिंग अभियानको सुरुवात गरेसँगै कोकाकोलाले नेपालीहरूको हरेक दिनका विशेष अनुभव र पलहरूको एउटा अभिन्न पाटो बन्ने कार्यमा लागिपरेकोे छ । यसै सिलसिलामा प्रियंकालाई पनि सहभागी गराउंदै जोडीहरूको विशेष दिनलाई अझ विशेष बनाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कोकाकोलाले उक्त अभियान अन्तर्गतको यस पललाई भिडियोमा समेत समेटेको छ । जसलाई कोकाकोलाको आधिकारिक युट्युब र फेसबुक पेजमा हेर्न सकिने कम्पनीले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.