बुधबारदेखि विराट एक्स्पो शुरु हुने, एक्स्पोमा रोजगारी मेलाको समेत व्यवस्था

  २०७३ फागुन १० गते १४:३४     विकासन्युज

विराटनगर, १० फागुन । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा बुधबारदेखि शुरु हुन गइरहेको कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो-२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भोलि उद्घाटन गर्ने कार्यक्रम निश्चित भइसकेको उद्योग सङ्गठन मोरङको अध्यक्ष मुकेश उपाध्यायले जानकारी गराएका छन् ।

उक्त प्रदर्शनीमा औद्यौगिक उत्पादन, कृषि, जडीबुटी उत्पादन, कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस्, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामग्री र खाद्य पदार्थ बिक्रीका लागि २५४ वटा व्यापारिक कक्ष (स्टल) राखिने सो सङ्गठनका अध्यक्ष उपाध्यायले बताए ।

त्यसैगरी, एक्स्पोमा रोजगारी मेलाको समेत व्यवस्था गरिएको छ । कुनै उद्योगमा कर्मचारीको आवश्यकता परे एक्स्पोमा सम्पर्क गरी आवश्यक सम्झौता गरेर लग्ने व्यवस्था मिलाइएको छ ।

यसका साथै, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हेलिकोप्टरबाट माउन्टेन फ्लाइटकोसमेत व्यवस्था गरिएको छ । एक घन्टाको माउन्टेन फ्लाइटबाट रु सातहजार पाँचसयमा पूर्वी क्षेत्रका हिमाल-कञ्चनजंघा, मकालु र सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको अवलोकन गराइने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.