जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि. सिमेन्ट नयाँ अवतार र आवरणमा नेपाली बजारमा

  २०७३ फागुन ८ गते १८:०३     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्टको जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि. सिमेन्ट नयाँ अवतार र आवरणमा नेपाली बजारमा आएको छ । नेपालको अनुभवी ओ.पी.सी. सिमेन्टको रुपमा आफूलाई स्थापीत गर्दै जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि. , अझ बढी आकर्षक, अझ बढी आधुनिक र बहु आयामिक हुँदै लोगो प्याकेजिङ ट्रेडमार्क, विज्ञापनलाई नै परिवर्तन गरेर नेपाली सिमेन्ट बजारमा प्रस्तुत भएको छ ।

उपभोक्ताहरुले वर्षाै देखि मनपराई रहेको जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि.को लोगो प्याकेजिङ ट्रेडमार्क विज्ञापन आदिमा नविनपन पाइने कम्पनीले जनाएको छ । साथै कम्पनीले सिमेन्टको प्रवर्धनात्मक कृयाकलापका लागि नेपालका चर्चित व्यक्तित्व भुसन दाहाललाई ब्राण्ड एम्बेस्डरको रुपमा सम्मिलित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.