सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा गुल्मीको तम्घास बजारमा

  २०७३ फागुन ६ गते १६:१४     विकासन्युज

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबारदेखि गुल्मी जिल्लाको तम्घास बजारमा आफ्नो ३५ औँ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै जाने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो ।

उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष रामबहादुर भण्डारीले गरेका छन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्ने बताएका छन् । साथै, उनले ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ् सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याृन बैंक प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।

पुस मुसान्तसम्ममा बैंकले १४ अर्ब २१ करोड निक्षेप संकलन गरि १२ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोही अवधिसम्ममा बैंकले १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.