सानिमा बैंकको ४४औँ शाखा कालिकोटमा

  २०७३ फागुन ६ गते १४:५४     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ४४औँ शाखा कार्यालय कालिकोटमा सञ्चालन गरेको छ । बैंकले यूके एडद्धारा प्रवद्र्धित सक्षम परियोजना(एक्सेस टु फाइनान्स)को सहकार्यमा उक्त शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धक हरिवंश आचार्यले गरेका छन् ।

सानिमा बैंकका संचालक समितीका सदस्य भरतकुमार पोखरेल तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले यस कालिकोट शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस समारोहमा हरिवंश आचार्यले कालिकोटमा सानिमा बैंक संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शभकामना व्यक्त गरेका छन् ।

बैंकको उक्त शाखा सहित ४४ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.