मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा

  २०७३ फागुन ५ गते १७:५२     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय अब काठमाडौंको कमलादीमा स्थानान्तरण भएको  छ । बैंकले पोखराको कास्कीमा रहेको आफ्नो केन्द्रीय कार्यालय बुधबार काठमाडौंको कमलादीमा स्थानान्तरण गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गरेका हुन् । सोही अवसरमा गभर्नर पदमा रही नेपालको वित्तीय क्षेत्रको विकासमा पुर्याएको योगदानको मूल्यांकन गर्दै १० जना पूर्वगभर्नरहरूलाई पनि सम्मान गरिएको बैंकले जनाएको छ ।

बैंकले हाल ४४ वटा आधुनिक बैंकिङ शाखा, ९ वटा सीमित बैंकिङ र ३ वटा एक्स्टेन्सन काउन्टरअन्तर्गत ५० वटा लघुवित्त डेस्क कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले हालसम्म कुल १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.