बाजुरा-काठमाडौं डिलक्स बस सञ्चालन, प्रतियात्रु भाडादर दुई हजार ८०० रुपैयाँ

  २०७३ फागुन ५ गते १६:४८     विकासन्युज

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौंका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताएका छन् ।

सापकोटाले बाजुराका जनतालाई काठमाडौं जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको बताए । बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ । बाजुराबाट काठमाडौं जान धनगढी हुँदै काठमाडौंको टिकट काटेर जानुपर्ने बाध्यता भने हटेको छ ।

मार्तडीबाट काठमाडौंको यात्रा गर्ने बस सञ्चालनमा आएपछि जिल्लावासीलाई सहज भएको यात्रु कोल्टी गाविस-८ की झोपु बुढाले बताए । सुदूरपश्चिम यातायात जिल्ला प्रतिनिधि सुरत शाहले मार्तडीदेखि काठमाडौंको दुई हजार ८०० रुपैयाँ भाडा कायम गरिएको बताए ।

बिहीबार बिहान ७ः३० बजे उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले रिबन काटेर बस सेवा सञ्चालन गरेका थिए । बिहीबारउक्त बस चढेर चारजना यात्रु काठमाडौं गएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.