हिमालयन बैंकद्धारा चिल्ड्रेन होमका बालबालिकालाई खाद्यान्न सहयोग

  २०७३ फागुन ५ गते १४:३७     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम” का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त चिल्ड्रेन होमका २१ जना बालबालिकाहरुलाई स्कुल ब्याग, जुत्ता तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ ।

बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.