त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे कफि सपबाटै गैरकानुनी रूपमा वियर बिक्री

  २०७३ फागुन ५ गते ११:३१     विकासन्युज

काठमाडौं । विभिन्न बहानामा विमानस्थलको सुरक्षा संवेदशीलतमा प्रश्न उठने गरेको छ । सेवा सुविधा कमजोर, सुरक्षा र सरसफाइका कमजोरसहितका आरोप लाग्ने गरेको विमानसस्थल कार्यालयभित्रै सम्झौता विपरितका गतिविधि गर्ने र समय सकिएका पसल पनि रहने गरेका छन् । यी नै विकृतिको पराकाष्ठ विमानस्थल कफि सप पनि बन्न थालेको छ ।

सम्झौता अनुसार विक्री गर्न खाइने वस्तुको सूची

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको कफिसप संचालनमा करिब एक वर्षदेखिको विवाद चुलिदैँ गएको छ । अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भित्र यात्रु प्रस्थान तर्फको स्टेराइलकक्षमा संचालन भइरहेको कफि सपमा विमानस्थल कार्यालयले गरेको सम्झौता विपरितका सामान विक्री भइरहेको पाइएको छ ।

विमानस्थल कार्यालयले दिएको अनुमति भन्दा बाहिर गएर यात्रुलाई महंगोमा सामान विक्री गर्ने गरेको आरोप एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सपलाई लागेको छ ।

यो सपले चिया, कफि र पानी, कोल्ड ड्रिङ्क्स, विभिन्न विस्कुट, कुकिजका प्याकेट, सिलप्याक केक, चक्लेट, चुइगम, चुरोट, चिप्ससहितका सहितका सिमित खानेकुरा मात्रै बेच्न पाउने सर्त तोकिएको छ । तर यो कफि सपले विमानस्थलसँग गरेको सम्झौता विपरित अनुमति नै नपाएको बस्तु विक्री गर्ने गरेको छ ।

यो कफि सपले चाउमिन, मःम, स्याण्डवीचदेखि, क्यान वीयरसम्म विक्री गरेको तथ्य फेला परेको छ ।

कफि सपको अनुमति लिएर भित्रै क्यान्टिसम्म संचालन गरिरहेको छ । विमानस्थल प्रशासनले भने सम्झौता सकिएको कम्पनी भएकोले पटकपटक हट्न निर्देशन दिँदा अदालतको आदेश लिएर बसिरहेकोले पनि हटाउन नसकिएको बताएको छ ।

अन्तरिम आदेश पाएकोले हटाउन सकिएनः विमानस्थल
यो कफि सपसँग एक वर्ष अगाडि नै विमानस्थल कार्यालयसँगको सम्झौता सकिएको भएपनि २०७२ चैत्र १ गतेको सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोले यो कफि सप हटाउन नसकिएको उल्लेख छ ।

अदालतको आदेश विपरित जान नसकिएको र विमानस्थलको तर्फबाट पनि सम्झौता सकिएको कम्पनीलाई हटाईपाँउ भनिभएको भएपनि अदालतको फैसल्ला आउन बाँकी भएकोले रोकिएको विमानस्थलका प्रवक्ता प्रमनाथ ठाकुरले बताए ।

उनका अनुसार यो कफि सपलाई हटाएर नयाँ विज्ञापन गर्ने तयार भएको छ । तर, उसले अदातलको आदेश ल्याएकोले हटाउन सकिएको छैन, ठाकुरले भने ।

यो कफि सप आफ्नो समय सकिनु अवधि नै अदालत गएर स्टेअर्डर ल्याएको पनि उल्लेख छ ।  ठाकरका अनुसार विमानस्थलका यात्रुको सुविधाका लागि यसले बाहिरबाट प्याकिङ गरेर ल्याएको खानेकुरा विक्री गरिरहेको बताए । यो कफि सपको विमानस्थलको कर्पोरेट शाखाले निमति रुपमा अनुगमन गरिरहेको दाबी पनि ठाकुरको छ ।

अदालतकाे अन्तिरिम अादेश

कफि सप हटाउन प्रयास भएपनि अदालतको आदेश भएकोले यात्रु सेवाका लागि बाहिरबाट ल्याएको खाजालाई तताएर दिने सुविधा भने दिएको पनि विमानस्थल कार्यालयको भनाइ छ । अदातलमा मुद्दा विचाराधिन रहेकोले अहिलेलाई आँखा चिम्लिएको हो फैसल्ला भएको एक मिनेटमा यो कफिसपलाई हटाउने दाबी पनि विमानस्थल कार्यलयको छ ।

सुन र डलर तस्करी गरेको छैन, यात्रु सेवा दिएको होः कफि सप
कफि सपका संचालक सुवास श्रेष्ठका अनुसार अदालत जानु नियमित प्रक्रिया अनुसार भएको बताए । उनका अनुसार कफि सपमा कुनै सम्झौता बेगर समान विक्री गरिएको छैन । यात्रुको सुविधाको लागि दिएको सेवामा अनुमति विपरित भए तत्काल हटाउन श्रेष्ठले विमानस्थल कार्यालयलाई चुनौति दिए ।

कफि सपले सम्झौताको परिधिभित्रै रहेर सेवा दिइरहेको दाबी श्रेष्ठले गरे । उनका अनुसार खाना, खाजा, यात्रुको आवश्यकता अनुसार दिएको हो ।

त्यहाँ भित्र बसेर डलरको कारोबार गरेको, सुन पास गरेको वा अन्य कुनै कानुनले बर्जित गरेको वस्तु तथा सेवाको कारोबार गरेको छैन ।

यात्रु सेवाका सामान दिँदा अरुको टाउकोदुखाई हुन नपर्ने तर्क पनि श्रेष्ठको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.