टेलिकमले ल्यायो नाइट भ्वाइस प्याक अफर, फागुन १७ गतेसम्म लागू हुने

  २०७३ फागुन ४ गते १५:०१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले प्रणय दिवस(भ्यालेनटाइन डे) का अवसरमा कम्पनीको जीएसएम सेवाका ग्राहकहरुका लागि नाइट भ्वाइस प्याकेज अफर ल्याएको छ । उक्त अफर अन्तर्गत जीएसएम सेवाका ग्राहकले २५ रुपैयाँमा २५० मिनेटको टक टाइम भएको भ्वाइस प्याकेज लिन सक्नेछन् ।

कम्पनीका अनुसार यो अफर फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुनेछ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट ७ दिनसम्म रहनेछ । यस अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राती १० बजे देखि विहान ६ बजेसम्म  गर्न सकिनेछ । यो प्याकेज लिनका लागि VDAY टाइप गरी १४१५ मा SMS गर्नुपर्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले सोही अवसरमा हरेक  जीएसएम तथा सीडीएमए प्रिपेड सीम तथा रीमको खरिदमा अर्को त्यस्तै सीम वा रीम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । दुवै सीम वा रीममा रु. ५० बराबरको टक टाइम उपलब्ध हुनेछ । यो अफर फागुन ३ गते देखि ५ गतेसम्म लागू हुनेछ । यो अफर सेवा कम्पनीका काउन्टरहरुबाट मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.