शाइन रेसुङ्गाको नयाँ शाखा गुल्मीमा

  २०७३ फागुन ३ गते १६:३३     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गुल्मी जिल्लाको खज्र्याङ्ग बजारमा नयाँ शाखा कार्यालय खोली वित्तीय सेवा शुभारम्भ गरेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको नयाँ शाखा कार्यालय सञ्चालन पश्चात २७ वटा शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्नेछ ।

१ अर्व १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको २०७३ पौष मसान्तमा निक्षेप ९ अर्व २० करोड रुपैयाँ र कर्जा लगानी ८ अर्व १७ करोड रुपैयाँ परिचालन गरेको छ । सोही अवधिमा कम्पनीले सञ्चालन मूनाफा २६ करोड ८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.