एक्सीएमजीको शोरुम ललितपुरमा सञ्चालन

  २०७३ फागुन ३ गते १४:२०     विकासन्युज

काठमाडौं । एक्सीएमजीको नेपालको लागि आधिकारिक विक्रेता आईडिएमसी प्रा.लि.ले एक्सीएमजी नामक हेभि इक्युपमेन्टकोे एक्स्क्लुसिभ शोरुम ललितपुरको भनिमण्डलमा सञ्चालनमा ल्याएको छ । शोरुमको उद्घाटन आईडिएमसी प्रा.लि.का अध्यक्ष प्रविण ढुङ्गाना र जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप कम्पनी लि (एक्सीएमजी), चिनका सह अध्यक्ष एवं महाप्रबन्धक डा. ज्याङसेन लिउले संयुक्त रुपमा गरेका थिए ।

एक्सीएमजीले २००० टन क्षमताको अल टेरिन क्रेन ५००० टन सम्म क्षमताका क्राउलर क्रेन, चीनमा सबैभन्दा बढी क्षमताको १२ टनको लोडर मेसिन, १०० मीटर माथि आकाशमा पनि आगो निभाउन सक्ने कम्पनीले जनाएको छ ।
शोरुमको स्थापन संगै एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउने भएको छ । मुलुकको हेवी ईक्वीपमेन्ट बजारमा आईडिएमसी प्रा.लि. ले छोटो समयमा नै अग्रणी स्थान ओगट्न सफल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।

कम्पनीका अनुसार विश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक हो । बिक्री पछिको सेवा संभारका लागि कम्पनीले भक्तपुरको सानोठिमी स्थित आफ्नै मर्मत संभारकेन्द्रको स्थापना समेत गरि सकेको छ । उक्त सेवा केन्द्रबाट कम्पनीले चाईनीज विषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराई सेवा प्रदान गर्दै आएको आईडीएमसीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.