२ वटा नयाँ जहाज ल्याउँदै गोमा एयर, सिंगल इन्जिनमा यात्रु प्रतिबन्धपछि मल्टि इन्जिनमा फोकस

  २०७३ फागुन ३ गते ९:५१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले दुईवटा नयाँ जहाज ल्याउने भएको छ । गोमाले दुर्गम क्षेत्रका विमानस्थलाई आधार बनाएर हवाई उडान गर्ने गरी चेकोस्लोभाकियामा निर्मित दुई जहाज खरिद गरिसकेको छ ।

जहाज आगामी एक सातामा आइपुग्ने गोमा एयरका अध्यक्ष विकास राणाले बताए । उनका अनुसार गोमाले ल्याउने जहाज सम्भवत आगामी मंगलबार उताबाट उड्ने २ दिनपछि नेपाल आइपुग्ने भएको छ । जहाज चाइनाको हवाई रुट हुँदै आउनुपर्ने र त्यहाँ लगातार दुईतीन दिन विदा परेकोले अनुमति लिन ढिलो भएको हो नत्र आइसक्यो उनले भने ।

गोमाले मल्टि इन्जिनका १९ सिट क्षमतायुक्त जहाल ल्याउने भएको छ । गोमाले एकैपटक दुईवटा जहाजलाई काठमाडौं अवतरण गराउने भएको छ । गोमा एयरले दिएको जानकारी अनुसार करीब सवा अर्ब रुपैयाँ खर्च गरेर दुई जहाज ल्याइने भएको छ । गोमाले चेक रिपब्लिकको एयरक्राफ्ट इन्डस्ट्रिजबाट खरिद गर्ने लेट–४१० यूभीपीई–२० नामक दुई जहाज एक सतामा नै काठमाडौं ल्याउने बताएको छ ।

यस अघि ६ महिना पहिले नै नयाँ विमान खरिदका गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्की र जहाज निर्माता कम्पनीका कमर्सियल डाइरेक्टर रोबर्ट इरार्टबीच खरिदपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार गोमाले दुईवटा जहाज ल्याउने भएको छ । विमानलाई निर्माता मुलुक चेकबाट ग्रिस, साउदी अरेबिया, ओमन, चीन हुँदै जहाज नेपाल आउँनमै पाँच दिनमा लाग्ने उल्लेख छ ।

हाल सुर्खेत र नेपालगन्जलाई आधार बनाएर गोमाले कर्णालीको सिमीकोट, जुम्ला, रारा, डोल्पा र बाजुरामा उडान गरिरहेको छ । थप जहाज आएपनि गोमाले पोखरा विमानस्थललाई आधार बनाउने बताएको छ । २ वटा सिंगल इन्जिनका जहाज सेस्ना क्याराभानबाट सेवा सुरु गरेको वायुसेवासँग हाल दुई वटा लेटका जहाज रहेका छन् । थप दुईवटा थप हुने भएको छ । दुई वटा सिंगल इन्जिनका जहाज पनि उडानमै रहेका छन् । यो वायुसेवाले काठमाडौंबाट लुक्ला पनि उडान गरिहरको छ ।

फिस्टेल ग्रुप अन्तर्गतको गोमा एयरको जहाज

सिंगल इन्जिनमा यात्रु प्रतिबन्ध भएपनि मल्टि इन्जिनमा केन्द्रित
सरकारले यस अघि काष्टमण्डप र मकालु एयरका सिंगल इन्जिनका जहाज दुर्घटना भएपनि यात्रु उडानमा जोखिम रहेको भन्दै सिंगल इन्जिनका जहाजलाई प्रतिवन्ध लगाएको थियो । यी वायुसेवाले यात्रु तथा कार्गो चार्टरको मात्रै अनुमति पाएका छन् । हाल गोमासँग २ र मकालुसँग एक जहाज मात्रै सिंगल इन्जिनको जहाज उडानमा प्रयोग भएको छ ।

एउटा सिंगल इन्जिनको जहाज काष्टमण्डप एयरसँग पनि छ । सरकारले यात्रु उडानमा प्रतिवद्ध लगाएपछि सिंगल इन्जिनको वायुसेवा गोमा एयरले छोटो समयमा नै आफूलाई मल्टि इन्जिनतर्फ डाइर्भ गरिसकेको छ । यो वायुसेवासँग दुर्गम क्षेत्रमा यात्रु उडान गर्ने र कार्गो सेवा दिने दुबै प्रकृतिको जहाज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.