माछापुच्छ्रे बैंकको पाटन शाखा स्तान्तरण, कुमारीपाटीमा संचालनमा

  २०७३ फागुन २ गते १३:२२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाटनमा रहेको बैंक शाखालाई स्थानान्तरण गरि कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले गरेका हुन् ।

संचालनमा आएको उक्त नयाँ शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ ।

४ अर्व ६६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैकले पौष मसान्तसम्म ५८ अर्व २४ करोड रुपैयाँ निक्षेप र ५१ अर्व ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकका अनुसार सो अवधिमा बैंकले ८४ करोड ९१ लाख रुपैयाँ संचालन मुनाफा र ५७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

हाल यस बैंकले ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.