४ अर्ब लगानी थपेर उत्पादन क्षमता तेब्बर विस्तार गर्दै अर्घाखाँची सिमेन्ट

  २०७३ फागुन २ गते १७:२८     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्ट उद्योगले उत्पादन क्षमतामा तेब्बर वृद्धि गर्दैछ । कम्पनीले हाल दैनिक १ हजार २ सय मेट्रिकटन सिमेन्ट उत्पादन  गर्दै आएकोमा दैनिक ३ हजार मेट्रिकटन उत्पादन हुने गरी क्षमता विस्तार गर्न लागेको कम्पनीको सञ्चालक पशुपति मुरारकाले बताए ।
उत्पादन क्षमता विस्तारको काम आगामी दसैंसम्म सकिने उनले बताए । ‘अर्घाखाँची सिमेन्टको माग बढेको छ, ठूला ठूला पूर्वाधार निर्माण परियोजनाबाट माग आउन थालेपछि उत्पादन क्षमता वृद्धि गर्न लागेको हौं’ मुरारकाले भने । अक्टोबरसम्म क्षमता विस्तार कार्य सिध्याने तयारीमा काम भइरहेको उनले बताए ।

क्षमता वृद्धिपछि अर्घाखाँची सिमेन्ट नेपालको सबैभन्दा ठूला सिमेन्ट उद्योग बन्ने मुरारकाले दावी गरे । क्षमता विस्तारको क्रममा कम्पनीले विश्वको उच्च प्रविधिको एफएलस्मित कम्पनीको भीआरएम प्रविधिको मिल खरिद सम्झैता गरी एलसी पनि खोली उनले बताए ।

उत्पादन क्षमता वृद्धिको लागि कम्पनीले ४ अर्ब १३ करोड भन्दा बढीको लगानी थप गर्न लागेको उनले बताए । ‘थप लगानी गर्ने क्रममा उद्योगको प्रर्वधकहरुले १ अर्ब २४ करोड रुपैयाँ थप लगानी गर्ने र बाँकी रकम बैंकहरुबाट कर्जा लिएर लगानी गर्दैछौं’ उनले भने ।

उद्योगमा कर्जा लगानी गर्न नबिल बैंकको नेतृत्वमा नेपाल बैंक, एनआईसि एसिया बैंक, ग्लोवल आइएमई बैंक, प्राइम बैंक, सानिमा बैंक र सेन्चुरी बैंक बैंकसँग २ अर्ब ८९ करोड कर्जालिने विषयमा सम्भौता भईसकेको उनले बताए ।

मुराकाका अनुसार नयाँसहित कम्पनीमा कुल लगानी करिव ७ अर्ब रूपैयाँ पुग्ने छ । वार्षिक काराेबार १३ अर्ब रूपैयाँ भन्दा बढी हुनेछन् । कम्पनीमा करिब ४५० जनाले प्रत्यक्ष राेजगारी पाउने छ । ‘सिमेन्ट उद्योगमा लगानी बढी हुन्छ, वार्षिक काराेबार लगानीकाे दुर्इ गुणा बढी भयाे भने त्याे राम्राे मानिन्छ’, ‘मुरारकाले भने धेरै कामदार अाउट स्राेरसिङ हुने भएकाेले प्रत्यक्ष कामदार कम देखिन्छ ।’

अर्घाखाँची सिमेन्टमा मुरारका अर्गनाइजेशन, केडिया अर्गनाइजेशन, सिद्धार्थ गु्रप र भारतको उमा सिमेन्ट इन्टरनेशनलको संयुक्त लगानी रहेको छ ।

अर्घाखाँर्ची सिमेन्टमा कर्जा लगानी गर्ने विषयमा सम्झौता गर्दै कम्पनीका निर्देशक मनोज केडिया र नविल बैंकको सिईओ सशीन जोशी

भूकम्पपछिको पुनर्निभर्माण तथा पूर्वाधार निर्माण कार्य अघि बढ्दै जाँदा पछिल्लो समय सिमेन्ट उद्योग बढ्दै गएको छ । उद्योग विभागको तथ्याङलाई हेर्ने हो भने नेपालमा ८८ सिमेन्ट उद्योगहरुले अनुमति लिएका छन् । सोमध्ये ५० वटा उद्योग संचालनमा छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) को तथ्यांकमा अझै पनि वार्षिक दुई अर्बको सिमेन्ट भित्रिएको देखिन्छ । ‘मुलुकभर विकास निर्माण तीव्र भइरहेको छ, सिमेन्टको माग ह्वात्तै बढेको छ । यस्तो बेलामा पनि विदेशी सिमेन्टको आयात घटिरहेको देखिन्छ । आयात खुम्चनु भनेको नेपाल सिमेन्टमा आत्मनिर्भर बन्नु भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका मुरारकाको भनाई छ ।

सिमेन्टको घरेलु खपत वार्षिक ५० लाख टन छ । उद्योगको क्षमता ७०/७५ लाख टन छ । ऊर्जा, श्रम, बजारको समस्याले उद्योगहरू पूरा क्षमतामा चल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.