एक अर्बको लगानीमा संचालन हुँदै अन्नपूर्ण केवलकार, स्थानीय पनि केवलकार मालिक बन्ने

  २०७३ फागुन १ गते ९:४८     विकासन्युज

फाइल फोटो

काठमाडौं । पोखराको सेतीवगरदेखि सराङ्कोटसम्म २३ सय मिटरको दूरीमा अन्नपूर्ण केवलकार संचालन हुने भएको छ । केवलकारमा मात्रै एक अर्ब रुपैयाँ लगानी गरिरहेको यो कम्पनीले स्थानीयलाई नै मालिक बनाउने भएको छ ।

अन्नपूर्ण केवलकारका एक संचालक तीर्थराज त्रिपाठीका अनुसार सेतीवगरदेखि सराङ्कोटसम्म केवलकारको स्पेशमा पर्ने स्थानीयलाई सेयर दिएरै संचालन गरिने भएको छ ।

यो केवलकारमा जापानी नागरिक ताकासिं मियाहाराको १५ प्रतिशतसहित धेरै पोखरेली नागरिकको लगानी रहेको छ ।

‘हामीले मेरो भन्दा पनि हाम्रो केवलकार भनेर संचालन सुरु गर्न लागेका हौ’, त्रिपाठीले भने । उनका अनुसार केवलकार संचालन गर्न करिब एक अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ ।

केवलकार निर्माण सुरु भइसकेकोले आगामी दुई वर्षभित्रमा नै संचालन हुने भएको छ । हाललाई १८ वटा गोन्डुला रहने छ । यो केवलकारमा प्रतिघण्टा ६ सय जनाको क्षमता हुने उल्लेख छ । संचालनमा आएपछि गोन्डुला (केबलकार) थप गरेर प्रतिघण्टा नै एक हजार जनाको क्षमतमा संचालन गर्ने योजना रहेको पनि त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार हाल सराङ्कोटबाट अन्नपूर्ण पानारोमा भ्यू हेर्नेदेखि, सूर्योदय, सूर्यास्तको दृश्याववलोकन गर्नेसम्मको लागि निकै उपयुक्त स्थान हो सराङ्कोट । प्याराग्लाइडिङ, जिपफ्लार गर्न र पोखराको आकर्षण दृश्यावलोकन गर्न पनि उपयुक्त भएकोले पनि अब केवलकारमार्फत यसको सुविधा लिन सकिने भएको छ ।

केवालकार निर्माणको जिम्मा भने मनाकामना केवलकार निर्माण गर्ने चितवन कोई ग्रुपले पाएको छ । यो कम्पनीमार्फत केवलकार निर्माण गर्ने विषयमा आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । मोनो डीएचएल नामक आधुनिक प्रविधिको यो केवलकार जापानी प्रविधिमा निर्माण हुने भएको छ ।

होटल पनि संचालनमा आउँदै

केवलकारसँगै सराङ्कोटमै आधुनिक रेस्टुरेन्ट, मनोरन्जक पार्क तथा होटल पनि संचालनमा आउने भएको छ । अन्नपूर्ण केवलकारसमूहले आधुतिक रेस्टुरेन्ट र मनोरन्जन पार्कसहितको योजना अगाडि बढाएको छ ।

सो ठाउँमा भएको होटल पूर्वाधारले थप आकर्षण दिने पनि त्रिपाठीको भनाई छ । उनका अनुसार होटल निर्माण धामाधम भइरहेकोले केवलकार भन्दा अगाडि नै १०० कोठाको सुविधासम्पन्न होटल संचालन हुने उल्लेख छ ।  निर्माण सम्पन्नको अन्तिम तयारीमा रहेको होटलमा पनि एक अर्ब रुपैयाँ खर्च भइसकेको उल्लेख छ ।

४० वर्षलाई २४ रोपनी वन क्षेत्र भाडामा

केवलकार संचालन गर्नकै लागि अन्नपूर्ण केवलकारले २४ रोपनी सरकारी वन क्षेत्र आगामी ४० वर्षको लागि भाडामा लिइसकेको छ । वैदेशिक लगानीको ठूलो उद्योग भएकोल आवश्यक सरकारी प्रकृया पूरा गरेर काम भएको पनि उल्लेख छ । केवलकारले निजी आवधिक जग्गा पर्नेलाई र स्थानिय दुबैलाई सेयर दिने योजना अगाडि सारेको उल्लेख छ ।

पर्यटक आकर्षणको केन्द्र

पोखरा पुगको हरेक स्वादेशी तथा विदेशी पर्यटक सराङ्कोट पुग्ने भएकोले यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य पनि हो । अहिले पनि दैनिक चारपाँचसय जान पोखरा तथा उत्तरी क्षेत्रतर्फको हिमाली दृश्यावलोकनकै लागि सराङ्कोट पुग्ने गरेका छन् । केवलकार संचालनमा आएपनि प्रमुख पर्यटकीय गन्तव्य हुनुका साथै यसको महत्व पनि थप उजागर हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.