बंगलादेशबाट ल्याइने भनिएको इन्टरनेटले अझै जोडिएन, चीनसँग अप्टिकल फाइवर जोडियो तर इन्टरनेट आएन

  २०७३ माघ २८ गते २३:२२     विकासन्युज

काठमाडौं। बंगलादेशबाट अप्टिकल फाइवरमार्फत इन्टरनेटको सञ्जाल जोड्ने भनिएपनि अहिलेसम्म कागजमा मात्र सीमित भएको छ। नेपालले बंगलादेशसँग पनि सञ्जाल बनाई ब्यान्डविथ खरिद गर्ने भनिएपनि अझैसम्म काम हुन नसकेको हो। गत कार्तिकमा नै नेपाल दूरसञ्चाजर प्राधिकरणले बंगलादेशसँग अप्टिकल फाइबर सञ्जाल विकास गरी ब्यान्डविथ खरिदको प्रक्रिया अघि बढाउने भनेको थियो।

सूचना प्रविधि सेवाका लागि एउटै मुलुकको पूर्वाधारमा भर पर्दा वेलावेलामा धोका पाइने भन्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बंगलादेशसँग पनि अप्टिकल फाइबर जोड्ने पहल थाल्ने बताएका थिए।

प्राधिकरणले ढाकामा भएको १७ औं दक्षिण एसियाली दूरसञ्चार नियामक परिषदमा फाइबर विस्तारका विषयमा बंगलादेशसँग छलफल गरेको थियो। त्यो बेला बंगलादेशका कम्पनी नेपालमा ब्यान्डविथ बेच्न तयार भएका थिए। तर प्राधिकरणले हालसम्म व्याण्डविथ ल्याउने विषयमा कुनै चासो नदिएका कारण आफैले राखेको प्रस्ताव अलपत्र परेको छ।

परिषद पछि दुइटा ब्यान्डविथ बिक्रेता कम्पनीसँग छलफलसमेत भएको प्राधिकरण अध्यक्ष दिगाम्वार झाले बताएका छन्। ‘उनीहरूले नेपालमा ब्यान्डविथ बेच्न तयार रहेको बताएका छन्,’ झाले भने, ‘त्यसका लागि पूर्वाधार विकास र भारतको भू भागबाट अप्टिकल फाइबर ल्याउने विषयमा हामीले सहजीकरण गर्नुपर्नेछ तर त्यसका बारेमा मन्त्रालयले समन्वय गर्नुपर्ने हो, त्यो भएको छैन।’

बंगलादेशको उत्तरी नाका बंगलाबन्दबाट भारतको फूलबारी नाका हुँदै सिलगुडीबाट नेपालको काकडभिट्टा हुँदै नेपालमा फाइबर जोड्ने पहल थालिएको थियो। पूर्व पश्चिम राजमार्गमा अप्टिकल फाइबर बिछ्याइ सकिएकाले बंगलादेशसँग फाइबर सञ्जाल जोड्न खासै अप्ठेरो नहुने झाको दाबी छ।

चिनियाँ फाइवर आयातलाई हिउँले छेक्यो

त्यस्तै नेपाल टेलिकमले चीनबाट ल्याउने भनिएको अप्टिकल फाइवर पनि अलपत्र परेको छ। गत जनवरी महिनामबाट नै सञ्चालन हुने भनिएको चिनियाँ अप्टिकल फाइवरको इन्टरनेट अहिलेसम्म सञ्चालन हुन सकेको छैन। तिब्वतिय पठारमा व्यापक हिमपात भएका कारण अप्टिकल फाइवरको तार छिनाएका कारण मर्मत गर्न नसकिएको टेलिकम सहप्रवक्ता शोभन अधिकारीले बताए।

टेलिकमले यसअघि नै चीनसँगको फाइवरमा टेष्टिङ भने सफलतापूर्वक गरिसकेको छ। तर व्यावसायकि रुपमा भने केहि पनि प्रगति हुन सकेको छैन। टेलिकमले चीनवाट अप्टिकल फाइवर भित्रिएपछि भने व्यावसायकि रुपमा इन्टरनेटको बिक्री गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.