नेपालको उर्जा क्षेत्रमा लगानी गर्न बंगलादेश इच्छुक, विद्युत व्यापार सम्झौताको प्रतिक्षा

  २०७३ माघ २८ गते १४:४४     विकासन्युज

काठमाडौं । बंगलादेशकी नेपालका लागि राजदुत मास्फी बिन्टे साम्सले नेपालमको उर्जा क्षेत्रमा एक अर्बको लगानी गर्न इच्छुक रहेको बताएकी छिन् । भारतसँग उर्जा व्यापार कायम रहेको बंगलादेशले निकट भविष्यमा नेपालसँग उर्जा सम्झौता गर्नसक्ने उनले बताइन् ।

उर्जा विकास परिषधले आयोजना बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै साम्सले बंगलादेशको वर्षै पिच्छे बढ्दो अर्थतन्त्रलागि उर्जा क्षेत्रमा लागनी अपरिहार्य रहेको उल्लेख गर्दै नेपालबाट उर्जा खरिद गर्न बंगलादेश तयार रहेको बताइन् । उनले भनिन्, ‘हामी नेपालबाट उर्जा आयात गर्ने विषयमा अध्ययन गरिरहेका छौं।’

बंगलादेशको औषत माग १५ हजार मेगावाट छ । सन् २०३० मा यसको माग ३५ हजार मेगावाट पुग्ने अनुमान गरेको छ । उक्त मागलाई धान्नका लागि पनि बंगलादेशले तयारी गरिरहेको साम्सले बताएकी छिन् । ‘हामी उर्जाको भोका छौं’, उनले भनिन्, ‘ हामीले छिमेकी मुलुक भुटान र नेपालमा उर्जाका क्षेत्रमा लगानी गर्ने सोच बनाएका छौं ।’

नेपालसँग उर्जा व्यापार सम्झौता (पिटिए) गरेपछि भारतकै बाटो हुँदै बंगलादेशमा विद्युत बेच्ने विकल्प पाउने पनि उनले बताईन् । बंगलादेशको अर्थतन्त्र तिव्र गतिमा विकास भैरहेकाले उसका लागि विभिन्न मुलुकसँगको व्यापार अनिवार्य रहेको र नेपालसँग त्यस्तो व्यापारका लागि तयार रहेको उनको भनाई थियो ।

बंगलादेशको उर्जा क्षेत्रमा उर्जा विकास बोर्ड, वितरण प्राधिकरण, प्रसारण लाइन प्राधिकरण र ग्रामिण विद्युतियकरण विभाग रहेको उनले जानकारी दिइन् ।

बंगलादेशका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्न चाहेको बताउँदै साम्ले दुई देशबिचको सम्बन्ध विस्तार हुँदै आपसी हित प्रवर्द्धनमा सघाउन पुग्ने धारणा पनि राखिन । ‘नेपालले बिमस्टेकको बैठक बेलाउन लागेको छ, त्यसमा हाम्रा प्रधानमन्त्री पनि नेपाल आउनेछन र त्यसमा हामीले उर्जा, पारवाहन र आर्थिक विकासका एजेण्डालाई प्राथमिकता दिनछौं’, साम्सले भनिन् ।

उर्जा विकास परिषदका अध्यक्षका  सुजित आचार्यले पनि नेपाल र बंगलादेशबिच हुने उर्जा व्यापार सम्झौताले दुबै देशलाई लाभ हुने बताए । नेपालमा ११ हजार नदिनाला रहेको र धेरैमा जलविद्युत उत्पादन आरम्भ भएकाले नेपाल र बंगलादेशबिच पिटिए गरेर दिर्घकालिन लाभ लिन सकिनेमा उनको जोड थियो ।

उनले दोश्रो उर्जा सम्मेलन सन २०१७ को सेप्टेम्बरमा आयोजना गर्न लागेको जानकारी पनि दिएका थिए । हाल नेपालले हिउँदमा भारतबाट ठुलो मात्रामा विद्युत खरिद गरिरहेको छ भने बर्षायाममा धेरै भएको विद्युत भारतलाई बेचिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.