नेपाल लाइफले कमायो १५ करोड ३० लाख, प्रतिसेयर आम्दानी १४ रुपैयाँ

  २०७३ माघ २८ गते ९:२०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १५ करोड ३० लाख रुपैयाँ खुँद नाफा गरेको छ ।

यो इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ३९ लाख रुपैयाँ थियो ।

यो इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा रहेको छ । कम्पनीको विमांकीय मूल्यांकनपछि प्राप्त हुने आम्दानी बाहेक नै यो आम्दानी रहेको उल्लेख छ ।

यसको प्रतिशेयर नेटवर्थ भने १२९ रुपैयाँ १६ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब १६ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ छ ।

अभिकर्तालाई कमिशनवापत ४२ करोड ३९ लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले बीमा शुल्कबाट हालसम्ममा ४ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको बीमा लेख संख्या जम्मा १० लाख वटा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.