कर्जा लगानी नियन्त्रण गर्ने बैंकर्स संघको निर्णय, सेयर, घरजग्गा र सवारी कर्जा कटौतिको सूचिमा

  २०७३ माघ २७ गते १४:५०     विकासन्युज

काठमाडौं । बैंकर्स संघले कर्जा लगानी घटाउने निर्णय गरेको छ । बजारमा तरलताको (लगानी योग्य पूँजी)को अभाव भएकाले तत्कालका लागि कर्जा लगानी घटाउने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले विकासन्युजलाई जानकारी दिए ।

बुधबार मात्रै बैंकर्स संघ, विकास बैंक एसोसियसन र वित्त कम्पनी संघको नेतृत्वसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा लगानी र निक्षेप संकलनलार्इ सन्तुलित बनाउन निर्देशन दिएका थिए ।  बैंकहरुले नाफा कमाउने अभियानमा लागेर कर्जा लगानी व्यापक विस्तार गरेकाले बजारमा तरलताको अवस्था आएको बताउँदै राष्ट्र बैंक तत्काललाई कर्जा लगानी घटाउन दवाव दिदै अाएकाे छ ।

गभर्नरको निर्देशनपछि बिहीबार भएको बैंकर्सहरुको छलफलले कर्जा घटाउने, निक्षेपको ब्याजदरलाई स्थिर बनाउने, अनुत्पादक क्षेत्रको कर्जामा व्यापक कटौती लगायतका निर्णय गरेको अध्यक्ष शाहले जानकारी दिए । ‘गभर्नर साबसँगको छलफलबारे बैंकर्सले छलफल गरेका हौं । गभर्नरसँगको छलफलको मार्ग पछ्याउने भन्ने छ । अब ऋण लगानी घटाउँछौं, अनुत्पादक क्षेत्रको कर्जामा त झन ब्यापक कटौती गर्ने भन्नेछ, ब्याजदर बढ्ने क्रमलाई स्थिर बनाउने भन्ने पनि छ’ शाहले विकासन्युजसँग भने ।

उनले बचत खाताको रकम समेत मुद्धति खातामा जम्मा गर्ने क्रम बढेको निष्कर्षमा पनि बैंकरहरु पुगेको जानकारी दिए । ‘बजारमा उथल पुथल आएको छ, हामीले गम्भिर भएर सोच्नुपर्ने समय हो त्यसकारण बजारलाई स्थिर बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ’, शाहले भने । बैकर्सले मुद्दती निक्षेपमा १२ प्रतिशत भन्दा बढी व्याज नदिने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.