फागुन महिनामा चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, हप्तामा चार दिन मात्रै पाउने

  २०७३ माघ २७ गते १३:५९     विकासन्युज

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकारले आगामी फागुन महिनाको हप्तामा चार दिन विशेष छुट दिने व्यवस्था गरेको छ । कम्पनीले फागुन महिनाको सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्ने व्यवस्था मिलाएको छ ।

छुट व्यवस्था अनुसार कूल ७ सय रुपैयाँ पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउने छैन । यो सुविधाअन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्ने छन् भने सो दिन लिइएको टिकट अन्य दिनका लागि मात्र मान्य हुनेछ ।

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेरभालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागिअशोक लेलेण्डको४२ सिट क्षमता भएको निः शूल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार सम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ । चन्द्रागिरिमा अहिले घोडसवारीको पनि व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.