स्याण्डर्ड चार्टड बैंकको खुँद नाफा ७४ करोड, ६ महिनाको नाफा करिब २१ प्रतिशतले बढ्यो

  २०७३ माघ २७ गते ९:४०     विकासन्युज

standard_chartered_bankकाठमाडौं । स्याण्डर्ड चार्टड बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब २१ प्रतिशतले बढेको छ ।

यो बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७४ करोड रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १२ करोड ८१ लाख रुपैयाँले बढी हो ।

बैंकको गत वर्षको सोही अवधिको नाफा ६१ करोड २० लाख रुपैयाँ थियो ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ६१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने १९ अर्ब ७३ करोड रुपैयाँ छ ।

बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यसको खराब कर्जा अनुपात शून्य दशमलव २६ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ८६ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी ३९ रुपैंयाँ ४८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २२० रुपैंयाँ ३९ पैसा छ । हाल यो बैंकको प्रतिसेयर १९६७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.