कुमारी बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, ६ महिना कमायो २७ करोड ९३ लाख

  २०७३ माघ २७ गते ८:४७     विकासन्युज

kumari-1काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ३३ प्रतिशले बढेको छ ।

बैंकले यो अवधिमा २७ करोड ९३ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ६ करोड ९१ लाख रुपैयाँले बढेको छ ।

बैंकले गत वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १७ करोड ३९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा २१ करोड १ लाख रुपैयाँ खुँद नाफा आर्जन गरेको थियो ।

यो बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ३९ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३३ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ६ अर्ब १४ करोड रुपैयाँ छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसको खराब कर्जा अनुपात १ दशमलव १४ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ३७ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ ९५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १६० रुपैंयाँ ८९ पैसा छ । हाल बजारमा यो बैंकको प्रतिसेयर ५०८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.