माछापुछ्रे बैंकको नाफा ५७ करोड, ६ महिनाको नाफा ४३ प्रतिशतले बृद्धि

  २०७३ माघ २७ गते ८:२४     विकासन्युज

machhapuchreकाठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५७ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ ।

यो बैंकले ६ महिनामा गरेको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढेको छ । बैंकले गत वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १७ करोड ३९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ ।

बैंकले अघिल्लो वर्षको सोही अवधिमा ४० करोड १३ लाख रुपैयाँ खुँद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्ता पूँजी ४ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ६७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा ६ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको जगेडा कोषमा ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने यसको खराब कर्जा अनुपात शून्य दशमलव ३५ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ५९ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ ६६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १२६ रुपैंयाँ ७७ पैसा छ । हाल यो बैंकको प्रतिसेयर ३ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.