नेशनल लाईफ इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त

  २०७३ माघ २५ गते १९:२५     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । गत मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणले गरेको निर्णय अनुसार कम्पनीले एक शेयर बराबर एक शेयरको अनुपातमा १ करोड ३२ लाख ४८ हजार ६३७ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।
national_life
सेयर निष्काशन गर्नको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि कम्पनीले एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको कम्पनी सचिव सुशेरप्रसाद खत्रीले जानकारी दिए ।

कम्पनीको जीवन बीमा कोष १६  अरब रुपैयाँ हाराहारीमा पुगेको छ । बीमितहरुलाई प्रतिष्पर्धात्मक एवम् आकर्षक बोनस दर प्रदान गरि रहेको यस कम्पनीले ग्राहक वर्गलाई थप सुविधा दिन नेपाल अधिराज्य भरि आफ्ना शाखा, उपशाखा र सम्पर्क कार्यालय मार्फत आधुनिक सेवा प्रदान गर्दै आएको छ । कम्पनी सचिव खत्रीका अनुसार कम्पनीले आ.व.२०७२÷०७३ मा कूल ३ अरब ८४ करोड बीमाशुल्क संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.