फागुन २० देखि नेपाल फर्मा एक्स्पो, २ बर्षभित्रै औषधीमा आत्म निर्भर हुने घोषणा

  २०७३ माघ २५ गते १८:३१     विकासन्युज

काठमाडौं । आगामी फागुन २० गतेदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०१७ को आयोजना हुने भएको छ । नेपाल औषधी उत्पादक संघले आयोजना गर्ने एक्स्पो फागुन २२ गतेसम्म सञ्चालन हुनेछ ।

Pharma_expo

एक्स्पोमा नेपाल, भारत, चीन, अमेरिका, जर्मनी र जापानका १०८वटा स्टल रहने नेपाल औषधी उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले बताए । गुणस्तरियताबाट आत्मनिर्भरता तर्फ भन्ने नारासहित आयोजना गरिने एक्स्पोमा नेपालमा उत्पादित औषधी र त्यसको प्रबिधी प्रदर्शन गरिने अध्यक्ष घिमिरले बताए ।

मंगलबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा औषधी उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक दाहालले नेपाल ७७ प्रकारका औषधीमा आत्मनिर्भर रहेको बताउँदै आगामी २ बर्षभित्रै औषधीमा आत्मनिर्भर हुन सक्ने घोषणा गरे । सरकारले नेपालमै उत्पादन भएका औषधीहरुको आयातमा रोक लगाए आगामी २ बर्षभित्रै औषधीमा आत्मनिर्भर बनाउन सकिने बताएका हुन् ।

गत आर्थिक बर्षमा नेपालमा ३६ अर्ब २० करोडको औषधी कारोबार भएको उनले जानकारी दिएका थिए । सो मध्ये १६ अर्ब २० करोडको बजार नेपाली उत्पादनको रहेको र बाँकी २० अर्बको औषधी आयात भएको उनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.