सिद्धार्थ बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्ड अब काम नलाग्ने, नयाँ कार्ड ईएमभी चिप प्रयाेगमा ल्याउने जानकारी

  २०७३ माघ २५ गते १८:१८     विकासन्युज

काठमाडौं । तपाईसँग सिद्धार्थ बैंक डेबिट, क्रेडिट र प्रिपेड कार्ड छ ? छन् भने ती कार्ड अब काम लाग्ने छैनन् । ती कार्डकाे सट्टामा बैंकले नयाँ कार्ड ल्याउने जानकारी दिएकाे छ ।
sbl_card
सिद्धार्थ बैंकले यसअघि बिक्री वितरण गरेको डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी ईएमभी चिप कार्डका रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले अब उपरान्त ग्राहकहरुलाई ईएमभी चिप कार्ड उपलब्ध गराउनुका साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्ट्रीप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि ईएमभी चिप कार्डले प्रतिस्थापन गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

‘विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रीप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले नयाँ ईएमभी चिप कार्ड  प्रविधि सञ्चालनमा ल्याएको’ मंगलबार जनाएको छ ।

‘यस ईएमभी चिप कार्डले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा बैंक विश्वस्त छ’ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ८३ एटीएम, १ मोबाइल एटीएम र १५० भन्दा बढी पीओएस मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.