अब चल्छ आईफोनमा फोरजी, टेलिकमको विशेष अनुरोधमा नयाँ सुविधा थप

  २०७३ माघ २५ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा अब आईफोनका सबै सेरिजमा चल्ने भएको छ । यसअघि यो सेवा आईफोन ५ सेरिजका सेटमा मात्र चल्थ्यो । ‘आजदेखि आईफोन सिक्स, सिक्स प्लस, आईफोन सेभन, सेभन प्लसका सेटहरुमा पनि फोजी÷एलटीई सेवा प्रयोग गर्न सकिने भएको छ’ टेलिकमले मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
iphone8
‘नेपाल टेलिकमले फोरजी÷एलटीई सेवा सञ्चालन आरम्भ गर्नु अगावैदेखि एप्पल कम्पनीका सबै सेरिजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेका थियौं’ टेलिकमले भनेको छ–‘सो कम्पनीले आगामी मार्च महिनादेखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।’

आईफोनका केही सेरिजहरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै बेटा भर्सन रिलिज गरी फोरजी चलाउन मिल्ने सुविधा दिएको जनाईएको छ ।आईफोन कम्पनीको वेवसाइट बेटा.एप्पल.कममा उपलब्ध निर्देशन अनुसार बेटा भर्सन सफ्टवेयर डाउनलोड गर्नु पर्ने टेलिकमका प्रबक्ता प्रतिमा बैद्यले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.