एभरेष्ट बैंकको “सौगात बचत खाता”, नाम बचत खाता, विशेषता मुद्दती खाता जस्तो

  २०७३ माघ २४ गते २०:३६     विकासन्युज

Saughat-Bachat-Khataकाठमाडौं । एभरेष्ट बैंकले आफ्नो एक बिषेश योजना ‘सौगात बचत खाता’ पुनः सरुवात गरेको छ । यस खातामा बैंक पैसा राख्ने ग्राहकले ७ देखि ९ प्रतिशतसम्म ब्याज प्राप्त गर्ने बैंकले जनाएको छ ।

बचत खाताको नाम भएपछि यसको विशेषता र सुविधा मुद्दती खाताको जस्तो छ । पाँच वर्षको लागि बचत गर्दा बैंकले ९ प्रतिशत व्याज दिन्छ । त्यसका बैंकले विभिन्न सर्त राखेको छ ।

‘बचत तथा मुद्दती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको छ । उपभोक्ताले यस खातालाई बचत खाताको रुपमा प्रयोग गर्न सक्दछन् र लामो अवधिको लागि रहने रकममा अति आकर्षक ब्याजदर पाउछन्’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.