घरजग्गाको कारोबार ‘डेरिभेटिभ’ शैलिमा, बैंकको ब्याजदर वृद्धिसँगैे कारोबार खस्किदै

  २०७३ माघ २४ गते १२:१३     विकासन्युज

काठमाडौं । पछिल्लो समय घरजग्गाको कारोबार ‘डेरिभेटिभ’ शैलीमा हुन थालेको छ । आफ्नो आवश्यकताले भन्दा पनि व्यापार गर्ने उदेश्यले दोस्रो तथा तेस्रो तहका कारोबारीहरुको विगविगी देखिएको छ ।

पहिलो वायरले आफ्नै लागि अर्थात आफै बस्नको लागि घरजग्गा खरिद गर्छ भने दोस्रो तथा तेस्रो वायरले अधिक नाफा कमाउने हिसावले घरजग्गामा लगानी गरेको हुन्छ । अहिले घरजग्गा कारोबारी बजारमा पहिलो वायरको भन्दा दोस्रो तथा तेस्रो वायरको उपस्थिति बढी भएकोले जग्गाको मूल्य कृत्रिम प्रक्रियाबाट बढ्दै गएको जानकारहरु बताउँछन् ।

ghar_jaggaउनीहरुका अनुसार बैंकबाट ऋण लिँदै घरजग्गाको कारोबार गर्ने यस्ता वायरहरुको विगविगीले बजारमा कृतिम तरिकाले बढ्दै गएको हो । पहिलो वायरले आफ्नो लागि घरजग्गा खरिद गर्ने भएकोले उसलाई नाफासँग त्यति सरोकार राख्दैन । तर, दोस्रो तथा तेस्रो वायरको मुख्य उद्देश्य भनेको नाफा कमाउनु भएकाले उनीहरुले सम्पर्कको आधारमै घरजग्गाको कारोकार आफसे आफ वृद्धि गरेका छन् ।

यस्ता वायरहरुले कृतिम रुपमा जग्गाको मूल्य बढाउने, त्यहि जग्गा राखेर ऋण तिर्नका लागि ऋण लिने प्रवृति बढ्दै गएको नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. युवराज खतिवडाले बताए । आयस्तर बढेको छैन तर, घरजग्गाको मूल्य अधिक बढ्नुको संकेत यहिनै हो उनले भने ।
मंसिर महिनासम्म उपत्यकाको विभिन्न स्थानमा घरजग्गा वायरको राम्रै उपस्थिति हुन्थ्यो, तर अहिले बैंकले ऋण दिन छाड्नु तथा मह्गो ब्याजमा ऋण लिएर जग्गाको कारोबार गर्दा कम फाइदा हुने र चर्को ब्याजले ढाड सेक्न सक्ने डरले यस्ता कारोबारी हच्किएका हुन् ।

केही गरी घरजग्गाको कारोबार घट्न गयो भने बैंकको ऋण तिर्न नसकिने र सो ऋणका कारण आफ्नो अन्य सम्पत्ति पनि पुग्मे डरले उनीहरुलाई सताएको एक घरजग्गा कारोबारीले बताए । उनले भने ‘नाफा गर्न रिक्स मोलिमोलि गरिएको व्यवसाय कारोबार घट्यो अर्थात आफूले तिरेभन्दा कम मूल्यमा विक्री गर्नु पर्ने स्थिति आयो भने थाम्न गाह्रो हुन्छ’ उनले भने ‘ त्यहि भएर हामी पनि पर्ख र हेरको अवस्थामा छौं ।’ मजस्तै अन्य व्यवसायी पनि अहिले बैंकको मह्गो ब्याजसँगै कारोबार गर्न डराएर अहिले पछि हटेको उनले बताए ।

इमोडोलकी अन्जु खड्काका अनुसार मंसिरसम्म दैनिक सात÷आठ समूह नै घरजग्गा खरिदका लागि आउने गर्थे । तर, अहिले एक दुई जनामात्र त्यो पनि किन्ननै भन्दा पनि कति खाली जग्गा रहेछ र भाउ कस्तो रहेछ भनेर बुझ्न आए भन्नेहरू आउने गरेको उनले बताए । त्यस्तै टोखाकी सितल रिसालको पनि त्यस्तै अनुभव छ । उनले अहिले वायरहरू आउने क्रम घट्न थालेको बताइन् । नत्र पहिला समूह समूहनै घरजग्गा खरिदका लागि आउने गरको उनको भनाइ छ ।

अर्थ विज्ञ डा.शंकर शर्माले घरजग्गामा बैंकले ऋण उपलब्ध गराउन नसक्ने भएपछि घरजग्ग्गाको कारोबार र मूल्य घट्ने जानकारी दिए । ‘ऋण नपाएपछि कारोबार कम हुन्छ,’ उनले भने, ‘लगानी नभएपछि कारोबार घट्ने नै भयो ।’ राष्ट्रबैंकले पनि घरजग्गाको कारोबारमा कडाइ गर्ने संकेत गरिसकेको छ ।

राष्ट्रबैंकले घरजग्गाको लगानीलाई अनुत्पादक र जोखिम भनिसकेको छ । बजार सँधै उकालोमात्र नलागेर निश्चित विन्दु पारगरेपछि ओरालो लाग्ने प्रवृत्तिका कारण पनि अबको केही समयमा घरजग्गा कारोबार घट्ने अनुमान विज्ञहरूले गरेका छन् ।

अहिले बढी नाफा कमाउने सजिलो माध्यमका रूपमा घरजग्गालाई लिइएको छ  । तर, बैंकको ब्याज महँगो भएपछि घरजग्गामा लगानी गर्न कर्जा लिएर फाइदा अर्थ विज्ञ रामेश्वर खनालले भने । बैंकबाट ऋण लिएर घर किन्ने अनि भाडा उठाएर तिर्ने अवस्था अब नरहेको उनको भनाइ छ ।

घरजग्गा खरिदबिक्रीमा ‘फस्ट वायरभन्दा सेकेन्ड वायर’ को उपस्थिति बढी देखिएको छ । यस्ता वायरको मुख्य उद्देश्य मौका छोपेर बढीभन्दा नाफा कमाउनु नै हो । घरजग्गा तथा सेयर कारोबारजस्ता स्पेकुलेसन मार्केटबाट छोटो समयमै बढी नाफा कमाउन सकिने भएकाले पनि दोस्रो वायर आकर्षित भएका हुन् ।

कारोबारको प्रकृति हेर्दा उपभोक्ता आफैंले आफ्नो पुँजीबाट आफ्नै लागि घरजग्गा खरिदबिक्री गर्नुभन्दा पनि बैना टु बैना ‘डेरिभेटिभ’ को कारोबार हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.