एक अर्बको खनिज कोष बन्ने, एक खर्ब विदेशी लगानी भित्र्याउने योजना

  २०७३ माघ २३ गते १६:३१     विकासन्युज

mineralsकाठमाडौं । सरकारले एक अर्ब रुपैंयाँको खनिज कोष स्थापना गर्ने भएको छ । उद्योग मन्त्रालयले राष्ट्रिय खनिज नीति मार्फत एक अर्बको खनिज कोष स्थापना गर्ने प्रस्ताव अघि सारेको हो । ‘भौगर्भिक तथा खनिज अध्ययन, अनुसन्धान तथा वातावरण संरक्षण तथा विकासको लागि रुपैयाँ एक अर्बको राष्ट्रिय खनिज कोषको स्थापना गरिनेछ ।’ खानी विभागले तयार पारेको खानी नीतिको मस्यौदामा भनिएको छ । ।

मस्यौदामा आगामी आर्थिक बर्षको बजेटमा सो रकमको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । खानी नीतिले आगामी १० बर्षभित्र नेपालको खानी क्षेत्रमा एक खर्बको वैदेशिक लगानी भित्र्याउने लक्ष्य पनि निर्धारण गरेको छ । त्यस्तै आगामी १० बर्षाभित्रै ५० हजार नेपाली युवालाई खानी क्षेत्रमा रोजगारी दिने योजना पनि खानी नीतिले अघि सारेको छ ।

खनिज कार्यमा प्रयोग हुने यन्त्र तथा उपकरणहरुको आयातमा लाग्ने भन्सार महसुलमा विशेष छुट सुबिधा दिने, खनिज कार्यबाट प्राप्त भएको राजश्वको निश्चित अंश प्रभावित क्षेत्रको विकासमा खर्च गर्र्नेे पनि नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै, नेपालमा उत्पादित खनिजको प्रवद्र्धन, गुणात्मक पहिचान र मान्यताका लागि प्रत्येक खनिज सम्पदाको प्रोफाइल तयार पार्जे, खनिज क्षेत्रमा गरिएको लगानी राष्ट्रियकरण नगर्ने पनि उल्लेख गरिएको छ । ‘खनिजको उत्खननका लागि नयाँ प्रबिधी र लगानी बढाउन खोजिएको हो । उपकरणमा भन्सार छुट,
एक अर्बको लगानी कोष पनि स्थापना, विदेशी लगानीका लागि सहजीकरण गरेर खानीहरुबाट अधिकतम लाभ लिने योजना सहित खनिज नीति अघि सारेका हौं’, खानी विभागका एक अधिकारीले विकासन्युजसँग भने ।

आइतबार मात्रै उद्योग मन्त्री नविन्द्रराज जोशीले सरोकारवाला निकायहरुसँग खानी नीतिबारे छलफल गरेका थिए ।फागुन महिना भित्रै खानी नीति ल्याउने तयारी अनुसार काम भैरहेको विभागका ती अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.