एसबीआई बैंकको नाफा २१ प्रतिशतले बढ्दा प्रति सेयर आम्दानी घट्यो, यसै वर्ष ४ अर्ब २२ करोड लगानी थप्नुपर्ने बाध्यता

  २०७३ माघ २२ गते १०:०३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा २१ प्रतिशतले वृद्धि हो । यस बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैयाँ छ भने संचित कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ छ ।

गत पुस मसान्तसम्ममा बैंकले ७७ अर्ब ५० करोड निक्षेप परिचालन गरेको छ भने करिब ६० अर्ब कर्जा सापटी र २५ अर्ब लगानी गरेको छ । बैंकको क्यापिटल एडेक्वसी १२ प्रतिशत छ भने सीडी रेसियो ७९.३२ प्रतिशत छ । बैंकको खराव कर्जा शुन्य दशमलव १२ प्रतिशतमा झरेको छ ।

nepal_sbi_bankबैंकको समग्र वित्तीय सूचक राम्रो भएता पनि प्रतिसेयर आम्दानी घटेको छ । बैंकको नाफा २१ प्रतिशतले बढेपनि प्रतिसेयर आम्दानी भने बढेको छैन । अघिल्लो पुस मसान्तमा प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५४ पैसा थियो भने अहिले प्रति सेयर आम्दानी २१ रुपैयाँ ३५ पैसामा झरेको छ । गत वर्षभन्दा यस वर्ष सेयर पुँजी ८२ करोड रुपैयाँ थपिएकोले प्रति सेयर आम्दानी घटेको देखिन्छ ।

पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको नीति अनुसार यस बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब २२ करोड रुपैयाँ सेयर पुँजी थप्नुपर्ने हुन्छ । तसर्थ अर्को वर्ष बैंकको प्रति सेयर आम्दानी झनै घट्ने देखिएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफाबाट २ अर्ब १५ करोडको बोनस सेयर निष्काशन गर्ने र बाँकी १ अर्ब ९७ करोड पुँजीको लागि हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको छ । गत असारमा प्रति सेयर करिव २१ सयमा काराबार भएको यस बैंकको सेयर हाल प्रतिकित्ता १३ सय रुपैयाँका कारोबार भईरहेको छ । बैंकले गत वर्षको नाफा वितरण गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.