सूर्या लाईफले ५ प्रतिशत बोनस सेयर दिने, बैंकले दिने व्याजभन्दा सेयरमा गरिएको लगानीको प्रतिफल ६० प्रतिशत कम

  २०७३ माघ २१ गते १२:५९     विकासन्युज

surya-ife-insuranceकाठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । माघ २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ । बीमा समितिले स्वीकृत गरेपछि र साधारणसभाले अनुमोदन गरिपछि सेयरधनीले लाभांश पाउने छन् ।

जीवन बीमा कम्पनीहरु मध्ये कमजोर पर्फमेन्स देखाउँदै आएको यो कम्पनीले सेयरधनीलाई पनि थोरै लाभांश प्रस्ताव गरेको छ । यतिबेला सेयरधनीलाई ५ प्रतिशत लाभांश दिनु भनेको बैंकले दिने व्याजभन्दा ६० प्रतिशत कमप्रतिफल हो ।

पछिल्लो समय वाणिज्य बैंकहरुले मुद्दती खातामा बचतकर्तालाई १२ प्रतिशत व्याज दिइरहेका छन् भने वित्त कम्पनीहरुले १४ प्रतिशत व्याज दिएका छन् । यस कम्पनीको दोस्रो बजारमा सेयर किन्नेले रियल भ्यालुमा १ प्रतिशतभन्दा कम प्रतिफल पाउने भएका छन् ।

यस कम्पनीको सेयर पुँजी ६२ करोड ५० लाख रुपैयाँ छ । बजारमा प्रतिकित्ता ६१७ रुपैयाँमा सेयर कारोबार भईराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.