व्याजदर वृद्धिले उद्योगी आक्रोशित, भन्छन्- यो बैंकले नाफा कमाउने बेला होइन

  २०७३ माघ १९ गते १७:२१     विकासन्युज

Nepali_notesकाठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा अध्यक्ष पशुपति मुरारकाले बैंकहरुले नाफा मात्र हेरेर ब्याजदर बढाइरहेको बताएका छन् । नेपाल बैकर्स एशोसिएनले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने ‘बैंक ब्यापार गर्न बसेको छ, यसरी ब्याजदर बढ्दै जाने हो भने रि पेमेन्ट तिर्न सक्ने अवस्थामा रहदैन ।’ पुरानो दरमा पैसा पाइदैन । यो ठूलो समस्या हो । ’

यो नाफा कमाउने बेला होइन । अहिले उद्योगमा जुन वृद्धि भइरहेको छ यसलाई निरन्तरता दिन सकिएन भने फरक पर्छ । एकातिर बैंकले तरलता समस्या आयो भन्ने अर्को तिर उच्च नाफा कमाउनै पर्ने, मुरारका थपे । तरलता समस्याको कारण बैंकहरुको कस्ट अफ फण्ड बढेको अनुपातको लागत ब्यहोर्न हामी तयार छौं । सहयोग बैंक र उद्योगी दुबै बीच हुनुपर्छ ।

अहिले कष्ट अफ फण्ड ०.५ देखि ०.७ प्रतिशतले मात्र बढेको छ । बैंकले कर्जाको ब्याजदर बृद्धि गरिसकेको छ । ब्याजदर बृद्धिले उद्योगीहरु आक्रोशित भएका छन् । यो ब्याजदर महिना दुई महिनामा परिवर्तन गर्न उनले बताए ।

जलविद्युत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बैंकले दुई प्रतिशत ब्याजदर बढाउँद जलविद्युत क्षेत्रको प्रतिफल १४ प्रतिशतले घट्ने बताए । बढ्दो लागतमा उत्पादन गरिएको विद्युत मह्गो विक्री गर्न सक्ने अवस्था छैन । ‘बिजुलीको मूल्य पहिला नै फिक्स छ ।’ परियोजना पुरा हुन नपाएपछि पुनः कहिले देखि लोडसेडिङको भार थेग्नु पर्ने हो थाहा छैन ।’ ब्याजदर बढ्दा मह्गो पर्न जाने ऋणका कारण नयाँ परियोजना सम्पन्न गर्न सकिने अवस्थामा छैन । ‘मत भन्छु हाइड्रोपावरमा लगानी गर्न छाडिदिनुस्, गर्दै हुनुहुन्छ भने फस्दै हुनुहुन्छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले कर्जा निक्षेपको अनुपात सन्तुलन राख्न नसक्दा अहिलेको समस्या आएको बताए । यसको जिम्मेबार स्वयम् बैंकनै भएको उनले बताए । अहिले निक्षेप संकलन एक खर्ब १४ अर्बले बढेको छ भने कर्जा प्रवाह एक खर्ब ५८ अर्ब पुगेको छ । यहि कारणले बैंकहरु लागनी योग्य पूँजीको अवस्थामा पुगेका हुन् ।

बैंकिङ प्रणालीमा तरलताको समस्या नरहेको जानकारी दिए । ‘सोमबारसम्म प्रणालीमा ३० अर्ब अधिक तरलता थियो, बुधबारसम्म अझ सहज हुन्छ,’ उनले भने आईपीओको पैसा आएको छ, साढे पाँच अर्बको ट्रेजरी बिलको भुक्तान राष्ट्र बैंकले दिँदै छ । तरलता प्रवाह गर्न राष्ट्र बैंकले आफ्नो औजार प्रयोग गरिरहेको छ ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बैंक र उद्यमी एउटै सिक्का दुई पाटा भएकाले बैकर्सहरुको मर्म बुझ्नु पर्ने बताए । ‘बैंकहरुलाई नाफा नखाउ भन्दा अपाच्य लाग्छ, नाफा कमाउनु पर्छ,’ उनले भने ‘अनुचित तरिकाले होइन, शुसासनलाई पालना गरेर । व्यवसायी मात्र होइन उनले नियामक एवम् नीति निर्मातालाई भने ‘कर्जाको पहुँच रोकिनु हुन्न, नीति निर्माताले बिचार गर्नुपर्ने बिषय नै यहि हो ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अहिलेको अवस्था तरलता अभावको अवस्था नभइ लगानी योग्य पुँजीको अभाव भएको अवस्था भएको बताए । ‘तपाईहरुलाई चाहिएको तरलताकी नाफा उनले प्रश्न गरे ‘बचतको ब्याजदर किन नबढाएको ।’ बैंकहरुले गत बर्षको मंसिर यता ३० प्रतिशतले कर्जा बृद्धि गरेको कारण अहिलेको समस्या आएको उनको ठम्याइ छ । राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा दिने पुनर्कर्जा देखि आवश्यकता अनुसार बिभिन्न मौद्रिक उपकरण मार्फत सहजता प्रदान गरेको उनले बताए ।

कार्यक्रममा फ्लोर खुला गरिएपछि बोलेका उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले केहि बैंकले महत्वांक्षी कर्जा बिस्तार गर्दा यो अवस्था आएको बताए । ‘बैंकिङ क्षेत्रको समस्याको भार निजी क्षेत्रले मात्र बोक्नु नपर्ने बताउँदै लगानीकर्ताको लाभांश केहि खुम्चँदा फरक नपर्ने र अवस्थालाई बुझ्नु पर्ने उनको भनाइ थियो ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले अब अर्को साताबाट ब्याजदरमा स्थायित्व आउने बताए । कर्जा दिने लगानी योग्य पूँजी नहुँदा ब्याजदर बढाउनु परेको बताए । कार्यक्रममा एसोसिएशनका उपाध्यक्ष किशोर महर्जनले तरलता अभाव, अहिलेको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै अहिलेको समस्या बैंकको मात्र नभइ अर्थतन्त्रकै चुनौति भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.