बैंक अफ काठमाण्डु लुम्बिनीको नाफा ६० करोड, प्रति सेयर आम्दानी २१ रुपैंयाँ ३७ पैसा

  २०७३ माघ १९ गते १०:४९     विकासन्युज

BOK_lumbiniकाठमाडौं । बैंक अफ काठमाण्डु लुम्बिनीको नाफा ६० करोड १४ लाख पुगेको छ । बैंकले चालु आवको ६ महिनामा सो नाफा कमाएको हो ।गत आवको सोही अवधीमा बैंकले जम्मा ३२ करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

बैंक अफ काठमाण्डु लुम्बिनीले २ अर्ब ६६ करोड ब्याज आम्दानी गर्दा एक अर्ब ३५ करोड ब्याज खर्च गरेको छ । बैंकले ६ करोड राइट ब्याकबाट नाफा कमाएको हो । बैंकले पुस मसान्तसम्ममा ७० अर्ब निक्षेप संकलन गरेर ६२ अर्ब कर्जा लगानी गरेको छ ।

बैंकले खराब कर्जालाई ३ दशमबल ९३ प्रतिशतबाट घटाएर एक दशमलब ५१ प्रतिशतमा सिमित गराएको छ ।
बैंकको प्रति सेयर आम्दानी २१ रुपैंयाँ ३७ पैसा छ भने प्रति सेयर नेटवर्थ १४८ रुपैंयाँ ५७ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.