बाफियाले सांसद्लाई निषेध गरेपछि जनता बैंकका अध्यक्षले राजीनामा दिए, नयाँ अध्यक्षमा केशव रायमाझी नियुक्त

  २०७३ माघ १८ गते १६:५१     विकासन्युज

काठमाडौं । जनता बैंक नेपालको अध्यक्षमा केशबबहादुर रायमाझी नियुक्त भएका छन् । माघ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

रायमाझी यस बैंकका संस्थापक सञ्चालक हुन् । स्थापनाकाल देखि लगातार उनी सञ्चालक पदमा छन् । धनकुटामा जन्मिएका रायमाझी चाईना व्यापारबाट जम्दै जलविद्युत र बैकिङ क्षेत्र आएका हुन् । उनी लम्जुङमा बन्दै गरेको ४९ मेघावाट क्षमताको पिपुल्स हाईड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक पनि हुन् ।

keshabयसअघि बैंकको अध्यक्षमा उदय नेपाली श्रेष्ठ माघ १४ गते राजीनामा गरेका थिए । उनी एमाले सभासद् पनि हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ ले बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा सञ्चालकमा सांसद बस्न नपाउने व्यवस्था गरेपछि श्रेष्ठले राजीनामा दिएका हुन् । सरकारको पूर्वसचिव समेत रहेका श्रेष्ठ विज्ञ सदस्यको रुपमा यस बैंकको सञ्चालक समितिमा नियुक्त भएका थिए ।

श्रेष्ठको राजीनामा सँगै जनता बैंकमा २ सञ्चालक पद खाली भएको छ । गत पुसमा बैंकका सञ्चालक गुरुप्रसाद न्यौपानेले राजीनामा दिएका थिए । श्रेष्ठ र न्यौपाने दुबैको पद तत्कालका लागि पूर्ति नहुने अध्यक्ष राममाझीले बताए । ‘त्रिवेणी विकास बैंक जनता बैंकसँग मर्ज हुँदैछ । मर्जपछि साधारणसभाबाट नयाँ सञ्चालक चयन गरिने छ’ अध्यक्ष रायमाझीले भने ।

आगामी चैत १ गतेसम्ममा मर्ज सकेर एकिकृत कारोबार गर्ने र बैशाखमा हकप्रद सेयर निष्काशन गर्ने लक्ष्यसहित काम भईरहेको उनले बताए । बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिदै छ भने त्यसपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.