विश्वव्यापी सार्वजनिक नीति अध्ययन प्रतिष्ठानको सूचीमा ६ नेपाली प्रतिष्ठान सूचिकृत

  २०७३ माघ १८ गते १५:५२     विकासन्युज

काठमाडौं । युनिवर्सिटी अफ पेन्सिल्भेनिया स्थित दथिङ्क टयाङ्स् एण्ड सिभिलसोसाइटीज प्रोग्रामले वार्षिक ग्लोबल गो टु थिङ्क टयाङ इन्डेक्स प्रतिवेदन २०१६ प्रकाशित गरेको छ ।

प्रतिवेदनले १२ नेपाली सार्वजनिक नीति अध्ययन प्रतिष्ठान(थिङ्क टयाङ) लाई मान्यताप्रदान गरेको छ र तीमध्ये ६ वटालाई विभिन्न वर्ग मध्ये ४ वर्गमा स्थान प्रदान गरेको छ ।

सेन्टर फर इकोनमिक डेभेलपमेन्ट एण्ड ऐड्मिनिस्ट्रेशन, इन्स्टिटूट फर सोसल एण्ड इन्वाइरन्मेन्टल ट्रैन्जिशन, सेन्टर फर नेपाल एण्ड एसियन स्टडीज, नेपाल साउथ एसिया सेन्टर, नेपाल इकोनमिक फोरम र समृद्धि फाउण्डेसन दक्षिण पूर्वी एसिया र पसिफिकको सर्वोत्कृष्ट सार्वजनिक नीति अध्ययन प्रतिष्ठान सूचीमा पर्न सफल भएका छन् ।

समृद्धि फाउण्डेसन अन्य तीन सूचीमा पनि पर्न सफल भएको छ । यो फाउण्डेसन सर्वोत्कृष्ट स्वदेशी सार्वजनिक आर्थिक नीतिअध्ययन प्रतिष्ठान, पारदर्शिता र सुशासनमा काम गर्ने सार्वजनिक नीति अध्ययन प्रतिष्ठान(विश्वव्यापी) र सर्वोत्कृष्ट निष्पक्ष सार्वजनिक नीति अध्ययन प्रतिष्ठान (विश्वव्यापी) मा सूचिकरण भएको छ ।

प्रतिवेदनले ४,७५० पत्रकार, नीति निर्माता, सार्वजनिक र निजी दाता संस्थान, र क्षेत्र विशेषज्ञको परामर्शबाट ६,८४६ वटा सार्वजनिक नीति अध्ययन प्रतिष्ठानलाई सूचीमा राखेको छ । प्रतिवेदनमा उल्लेखित वर्ग विभाजन “भौगोलिक क्षेत्र”, “अनुसन्धान क्षेत्र” र “विशेष उपलब्धि”को आधारमा विभाजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.