बचतको ब्याजदर बढाउँदैनन बैंक, मुद्दतिको व्याजदर भने अकासिदै

  २०७३ माघ १७ गते ८:२४     विकासन्युज

ncc-intrerest-rateकाठमाडौं १७, माघ । लगानीयोग्य पुँजी अभाव भएपछि बैंकहरूले मुद्दती खातामा धमाधम ब्याज बढाए पनि उपभोक्ताले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज बढाउन भने आनाकानी गरिरहेका छन् ।

मुद्दती निक्षेपमा व्यक्तिगत १२ प्रतिशत र संस्थागतमा साढे १३ प्रतिशत ब्याजदर पुर्‍याइसक्दा पनि बैंकहरूले बचतको ब्याजदर भने वृद्धि गरेका छैनन् ।

बैंकहरूले उच्च तरलता अभाव न्यूनीकरण गर्न मुद्दती खाताको ब्याजदर वृद्धि गरे पनि बचत खाताको ब्याजदरमा भने कार्टेलिङ गरिरहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । बैंकहरूले आधाभन्दा बढी लगानीयोग्य पुँजीको एकदमै थोरै ब्याजदर दिइरहेका छन् उनले भने, नाफा घट्छ भनेर ब्याजदर नबढाई बैंकहरूले कार्टेलिङ गरिरहेका छन् ।

थापाका अनुसार अन्तर्राष्ट्रिय स्तरमा एउटा खाताको ब्याजदर बढ्दा ुचेन इफेक्टु ले त्यसको असर अन्य खातामा समेत पर्ने भए पनि नेपालमा त्यसो हुनसकेको छैन । बचतकर्ताको ब्याजदरमा अझैसम्म बैंकहरूले पुनरावलोकन गर्न चाहिरहेका छैनन्, उनले भने ।
बैंक तथा वित्तीय संस्थाले २०६८ सालपछि बचत खातामा घटाएको ब्याजदर अझै बढाएका छैनन् । धेरै सर्वसाधारणले बचत खाता प्रयोग गर्छन् ।

धेरैजसो बैंकहरूले बचतको ब्याजदर एक वा दुई प्रतिशतकै हाराहारी सीमित पारेका छन् । एकाध बैंकहरूले मात्रै बचतको ब्याजदर बढाएका छन्, त्यो पनि पाँच प्रतिशतसम्म मात्र । धेरैले एक वर्षअघिकै ब्याजदरमा निक्षेप संकलन गरिरहेका छन् भने स्टान्डर्ड चार्टर्ड, नबिल, नेपाल इन्भेस्टमेन्टलगायत बैंकले लगानीयोग्य पुँजी अभाव भएको यो अवस्थामा समेत एकदेखि साढे एक प्रतिशतको हाराहारीमै ब्याजदर सीमित गरेका छन् ।

कुल निक्षेपमा आधाभन्दा बढी हिस्सा बचत तथा चालू खाताले ओगट्छ । यसमध्ये ४३ प्रतिशत हिस्सा बचत निक्षेपकर्ताको र आठ÷नौ प्रतिशत चल्ती खाताको हिस्सा छ । एनआईसी एसिया बैंकले डेढ वर्षदेखि बचतको ब्याजदर बढाएको छैन । मुद्दतीको ब्याजदर भने हालसालै बढाएर १२ प्रतिशत पुर्‍याएको छ ।

उक्त बैंकमा बचत खाताको निक्षेपले कुल निक्षेपको करिब २८ प्रतिशत हिस्सा ओगट्छ । ुब्याजदर बढाउनेमा आआफ्नो बैंकको रणनीति हुन्छु, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने, बैंकलाई जति बेला ब्याजदर बढाउन उचित लाग्छ उति बेला बढाउँछ ।

सानिमा बैंकले बचत खाताको निक्षेपमा ३ देखि पाँच प्रतिशतसम्म ब्याज दिइरहेको छ । उसले पनि केही समय अघिमात्र बचतमा ब्याजदर बढाएको हो । नेपाल क्रेडिट एन्ड कमर्स ९एनसीसी० बैंकले ४ महिनाअघि बचतको ब्याजदर बढाएर चार प्रतिशत पुर्‍याएको छ । यसअघि उक्त बैंकले बचत खातामा तीन प्रतिशतमात्र ब्याज दिँदै आएको थियो ।
अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.