देउराली जनता फर्मास्यूटिकल्स २७ वर्षमा, निर्माण बन्द गर्न नगरपालिकाको निर्देशन

  २०७३ माघ १६ गते १६:१०     विकासन्युज

काठमाडौं, १६ माघ । नेपालको अग्रणी औषधि उद्योग देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन शुरु गरेको २६ वर्ष पुरा गरेर २७ वर्षमा प्रवेश गरेको छ । २०४७ देखि उत्पादन शुरु गरेको यो कम्पनीले हाल झोल, ट्यावलेट, क्यापसुल, ड्राईपाउडर, मल्हम गरी ३०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले मुटु रोग, नशा सम्बन्धि रोग, मधुमेह, चर्म रोग लगायत धेरै रोगको उपाचार गर्ने उच्च गुणस्तरको औषधि उत्पादन गर्दै आएको छ ।

deurali_janata

कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माका अनुसार हालसम्म कम्पनीमा १ अर्ब २० करोड भन्दा बढी लगानी भएको छ भने ४१५ जनाले रोजगारी पाएका छन् । २६ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै कार्यकारी निर्देशक शर्माले २५ वर्ष पूरा गरेका देउराली जनता फर्मास्यूटिकल्स जस्तो उद्योग २५ वटा कम्पनी पनि नभएको उल्लेख गर्दै हरेक गाविसमा एउटा यस्तो उद्याग हुने हो भने नेपालीहरुले विदेशी भूमिमा फोहोर, गनाउने र सबैभन्दा कठिन काम गर्नु नपर्ने बताए ।

सरकारको नीति नेपाली उद्योगमैत्री नभएको उनले बताए । सरकारले, औषधि व्यवस्था विभागले विदेशी औषधिको गुणस्तर र बजारलाई छाडा छोडेको तर नेपाली औषधि उद्योगको घाँटी थिच्ने काम गरेको बताए । ‘नेपाली कम्पनीलाई जे नियम लाग्छ, त्यो विदेशीलाई पनि लगाईयोस्’ शर्माले भने-‘हामी विदेशी औषधिसँग प्रतिस्प्रर्धा गर्न सक्छौं ।’

‘राज्यले स्थापना गर्न नसकेको ल्याबमा नेपाली उद्योगीलाई राख भन्नु र उक्त ल्याबमा टेष्ट गर भन्ने नेपाली उद्योगीको घाँटी थिच्नु हो’ शर्माले भने-‘विदेशी औषधिको ल्याव टेष्ट गर्नु नपर्ने, नेपाली औषधिले मात्र त्यस्तो टेष्ट गर्नुपर्ने ? अमोरिका, बेलायत र भारतमा बिक्री हुने औषधि नेपालीले बनाएकै कारण नेपालमा बिक्री गर्न नपाइने ?’

उनले यो प्रश्न गरिरहदा औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकाल मञ्चमा अथितिको रुपमा बसेर सुनिरहेका थिए । विदेशमा बनेको औषधिलाई नेपालीमा लेख्नु नपर्ने, नेपालीले औषधिले भने नेपाली भाषामा नै लेख्न वाध्य पारिएको विषयमा पनि शर्माले असन्तुष्टि जनाए ।

‘हामीले उद्योग विस्तार गर्दैछौं । नगरपालिकाले दुई पटक पत्र लेख्यो, निर्माण काम रोक्न भनेर’ शर्माले भने-‘मैले यो कुरा एक अमेरिकी साथीलाई सुनाए । ती विदेशीले २० हजार अमेरिकी डलरमा ८ एकड (१००० आना) जग्गा दिन्छु भने । अरु देशमा लगानीकर्तालाई स्वागत गरिन्छ, नेपालमा किन लखेटिन्छ ?’

३ फिटको बाटोको लागि १० फुटे बाटो छोडेर राखेर उद्योग बनाउन लाग्दा नगरपालिकाले दुई पटक पत्र काटेर निर्माण रोक्न भनेको उनले बताए ।

२०० मोलिक्यलको औषधिहरु विदेशबाट आयातमा प्रतिबन्ध लगाउने हो भने औषधिको क्षेत्र नयाँ लगानी थपिने र औषधिमा आत्मनिर्भर निर्भरतर्फ बढ्ने उनले बताए । औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकालका अनुसार नेपालमा करिव ५२ वटा उद्योगले आधुनिक औषधि बनाउँछन् र नेपालको कुल औषधि बजारको ४५ प्रतिशत हिस्सा लिन्छ ।

ओषधि उद्योगको लागि नेपाल ठूलो बजार भएको शर्माले बताए । ‘नेपालबाट तीन घण्टाको दुरीमा ३ करोड भन्दा बढी मासिन बस्ने १० सहरहरु छन् । नयाँ दिल्ली, संघाई, जकर्ता, बैंकक, मुम्वाई, सेङजेङ, कलकत्ता, ग्वान्जाओ जस्ता देशमा औषधि जस्ता हलुका बस्तु नेपालबाट सजिलै निर्यात गर्न सकिन्छ’ उनले भने ।

स्वाधिनताको नाममा आडम्बरको राजनीति नर्गन उनले राजनीतिक नेतृत्वलाई सुझाव दिए । ‘अमेरिकामा १७७६ मा हो । नेपाल १७६८ सालमा एकिकरण भएको, विश्वका शक्तिशाली सेनालाई परास्त गरेको देश हो’ शर्माले भने-‘नेपालभन्दा ८ वर्ष कान्छो देश हो अमेरिका । भारत स्वतन्त्र भएको जम्मा ६८ वर्ष मात्र भयो । भारतभन्दा नेपाल धेरै जेठो देश हो । नेपालीको स्वाधिनता कसैले खोस्न सक्दैन, कसैले खोस्न खोज्ज भने त्यो सम्भव छैन ।’

कार्यक्रमका प्रमुख अथिति पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा जातियता र क्षेत्रीयताको पर्खाल लगाउने काम भईरहेको भन्दै त्यसलाई रोक्न आफू सक्रिय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.