२० करोड खर्चेर हेटौँडा कपडा उद्योग सञ्चालन हुदैँ, बार्षिक २१लाख मिटर कपडा उत्पादन हुने

  २०७३ माघ १४ गते १३:४७     नारायण पौडेल

hetauda_cloths_industryकाठमाडौं, १४ माघ । सरकारले बर्षाैदेखि बन्द रहेको हेटौडा कपडा उद्योग २० करोड खर्चेर सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग मन्त्रालयको प्रस्तावमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाली प्रहरीको समेत लगानीमा सरकारले हेटौडा कपडा उद्योग सञ्चालन प्रक्रिया अघि बढाएको हो ।

प्रा.डा. पुष्कर बज्राचार्य नेतृत्वको अध्ययन समितिले २० करोड खर्च गरेर उद्योग सञ्चालन गर्न सकिने प्रतिवेदन पेश गरेपछि मन्त्रालयले त्यसको प्रक्रिया अघि बढाएको छ । ‘२० करोड लगानी गर्दा सञ्चालन गर्न सकिने रहेछ, हामीले अर्थमन्त्रालयलाई रकम निकासाका लागि पत्राचार गरिसकेका छौं, अर्थ मन्त्रालय सकारात्मक छ’, उद्योग मन्त्री नविन्द्रराज जोशीले भने ।

उनका अनुसार उद्योग सञ्चालनको तेश्रो बर्षसम्म घाटामै रहनेछ । चौथो बर्षमा उद्योगले नाफा घाटा बराबरको अवस्थामा पुग्ने र पाँचौं बर्षदेखि लगातार नाफामा जाने प्रक्षेपण गरिएको छ । उद्योगले सुरुकै बर्षमा २१ लाख मिटर कपडा उत्पादन गर्न सक्ने रिपोर्टमा उल्लेख छ । प्रा.डा बज्राचार्य नेतृत्वमा गठन भएको अध्ययन टोलीमा उद्योग मन्त्रालयका तत्कालिन सहसचिव यमलाल भुषाल, नेपाल प्रहरीका डिआइजी राजेन्द्र सिंह देउजा, शसस्त्रका डिआइजी पुष्पराम केसी, नेपाली सेनाका प्रमुख सेनानी मुकेश बटाजु, विज्ञ राम एकवाल यादव, निजी क्षेत्रका प्रतिनिधी अजय मुडभरी र बिणा गौतमको सहभागीता रहेको थियो ।

सो अध्ययन समितिले उद्योग मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले पाँच पाँच करोड लगानी गरेर तत्कालै उद्योग सञ्चालनमा ल्याउन सकिने प्रतिवेदन मंसिर ३ गते नै बुझाएको हो । उद्योेगमा रहेका २०० वटा लुमहरुलाई साधारण मर्मत गरेर ६० प्रतिशतको क्षमतामा मात्रै सञ्चालन गर्दा पनि बार्षिक २१ लाख मिटर कपडा उत्पादन हुन सक्ने रिपोर्टमा उल्लेख छ । सो रिपोर्टका अनुसार त्यसरी उत्पादन गरिएका कपडाको मुल्य प्रतिमिटर ५० रुपैंयाँ मात्रै लागत पर्छ । उत्पादित कपडा बेचेर संकलन भएको रकमको १० प्रतिशत हिस्सा उद्योगको आधुनिकीकरणमा खर्च गर्न सकिने बताइएको छ ।

बज्राचार्य नेतृत्वको समितिले उद्योगबाट उत्पादित कपडा नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी तथा निजामति कर्मचारीका लागि उपयोग गर्न सकिने प्रस्ताव पनि अघि सारेको छ । २०६९ माघ १२ गतेको मन्त्रिपरिषद बैठकले हेटौडा कपडा उद्योग लिमिटेडको २५६ रोेपनी जमिनको मुल्य २० करोड १९ लाख १५ हजार ५ सय ३० रुपैंयाँ औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडमा शेयर लगानी गर्ने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.